प्राज्ञिक उन्नयनमा प्राध्यापक संघको भूमिका” विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न
पाल्पा ,जेष्ठ २-प्राध्यापकहरुको हकहित तथा पेशागत सुरक्षा र प्राज्ञहरुको प्राज्ञिक उन्नयनको लागि मिति २०५८ साल जेष्ठ २ गतेका दिन स्थापना भएको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको १२आंै स्थापना दिवसको उपलक्ष्यमा आज त्रिभुवन बहुमुखी क्याम्पस प्राध्यापक संघ एकाइ समितिको आयोजना एकाइ समितिका सभापति श्री जीवन बहादुर थापाको सभापतित्व र त्रि.ब.क्याम्पसको क्याम्पस प्रमुख श्री केशवराज शर्माको प्रमुख आतिथ्यतामा ँप्राज्ञिक उन्नयनमा प्राध्यापक संघको भूमिका” विषयक अन्तक्रिया कार्यक्रम त्रि.ब.क्याम्पसको पुस्तकालय कक्षमा सम्पन्न भयो ।
कार्यक्रममा प्राध्यापक संघ एकाइ समितिको पूर्व सभापति श्री मनमोहन श्रेष्ठ,पूर्व सहायक क्याम्पस प्रमुख डा. श्री कर्ण बहादुर बानियाा उपप्राध्यापक श्री शोभाकर न्यौपाने लगायतका व्यक्ति हरुले सम्बंधित विषय वक्तब्य दिनुभएको थियो ।पेशागत वृत्ति विकास तथा प्राज्ञिक उन्नयनको लागि स्थापित संघ प्रस्तुतीकरण पछि प्राध्यापक राजिव शाह, महेन्द्र पन्थि, शिव कुमार मिश्र, महेन्द्र बुढाथोकी, दामोदर घिमिरे, केशव घिमिरे, युवराज पौड्यालले अन्तक्रिया कार्यक्रममा सहभागि भएका थिए ।
साथै कार्यक्रममा निवर्तमान सभापति श्री शालिकराम पौड्याल ,प्रमुख अतिथी: क्या.प्रमुख श्री केशव राज शर्मा र सभापति श्री जीवन बहादुर थापाले शुभकामना मन्तव्य दिनु भएको थियो ।कार्यक्रम संचालन प्राध्यापक संघ सचिव, श्री राजेश्वर उदय ले गर्नु भएको थियो ।कार्यक्रम मा ५७ जना प्राध्यापकहरुको उपस्थित थियो ।
