|

बन्दका क्रममा बसमा आगजनी भएपछि नवलपरासीमा गोली चल्यो


काठमाडौ, जेष्ठ ३ - महेन्द्रराजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको बासामा आन्दोलनकारीले प्रहरी स्किर्टिङमा रहेको एउटा बस जलाएपछि प्रहरीले गोली चलाएको छ । थारु संघर्ष समितिले विगत तीन दिनदेखि थारुवानको माग गरेर बन्द आयोजना गर्दै आएको छ । 
प्रहरीले बर्दघाटवाट स्कर्टिङ गरेर बुटवलतर्फ लैजाँदै गरेको ना४ख ५१९५ नम्बरको बस जलाएपछि तीन राउण्ड गोली र दर्जनौ अश्रुग्यास प्रहार गरेर भिड तितर बितर पारेको छ । 
गोली टाढैवाट हानेकाले कसैलाई नलागेको प्रहरीको भनाई छ । आन्दोलनकारी भाग्ने र मौका छोप्दै फेरी राजमार्गमा अबरोध पुर्याउन आउन क्रमले गर्दा तनाव जारी छ । आन्दोलनकारीहरुमा थारु समुदायको बाहुल्यता छ । 
थारु संयुक्तसंघर्ष समितिले बिगत ४ दिनदेखि बन्द गरिएका कारण नवलपरासीको जनजिवन अस्तब्यस्त छ । राजमार्गमा एम्बुलेन्स समेत अबरोध पुर्याउदै आएका छन् ।
केही दिन अघि पनि बन्दकै क्रममा नवरपरासीमा प्रहरीले चलाएको गोली लागि पाँच जना थारु युवा घाइते भएका थिए ।  
समाचार कांतिपुर बाट 

Posted by Butwalonline on 2:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बन्दका क्रममा बसमा आगजनी भएपछि नवलपरासीमा गोली चल्यो"

Leave a reply