बन्दकर्ताद्वारा नवलपरासीमा दुई बस र एक ट्रकमा आगजनी
चितवन, जेठ ३- पूर्व-पश्चिम राजमार्गको नवलपरासी बासा खण्डमा बन्दकर्ताले दुई
यात्रु बस र एक मालबाहक ट्रकमा आगजनी गरेका छन्। प्रहरी चौकी बर्दघाटका
प्रहरी नायव निरीक्षक यदु रिमालका अनुसार बन्दकर्ताले ना ४ ख ५१९५ र ना ४ ख
३२११ नं. को यात्रु बस तथा ना ३ ख ३१२९ नं. को ट्रकमा आगजनी गरेका हुन्।
टनापछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ।
थारुहट संयुक्त सङ्घर्ष समितिले आयोजना गरेको तराई बन्दको अवज्ञा गरेको
भन्दै बन्दकर्ताले आगजनी गरेका हुन्। बन्दका कारण बर्दघाटमा यात्रुहरु
अलपत्र परेपछि तनावको अवस्था आएको थियो। अलपत्र यात्रुले एम्बुलेन्स
चल्नसमेत रोक लगाउने गरेका थिए।
राजमार्गमा रोकिएका गाडीलाई दिउसो तीन बजेपछि प्रहरी सुरक्षामा बुटवलतर्फ पठाएको नायव प्रहरी निरीक्षक रिमालले जानकारी दिए। सुत्केरी बसेर आएको एम्बुलेन्स रोक्दा उनले जन्माएको नवजात शिशुको निधन भएको भन्ने हल्ला चले पनि आफूहरुले त्यस्तो एम्बुलेन्स नदेखेको रिमालले बताएका छन्।
उनले भने- पूर्वबाट आइरहेको एम्बुलेन्समा सुत्केरी महिला र उनको बच्चा रहेको र रोकिएका कारण बच्चा मर्यो भन्ने जानकारी यात्रुहरुले नै दिएका हुन्। हामी सबै चेक गर्यौं तर त्यस्तो केही फेला पारेनौं। एम्बुलेन्स केहीबेर रोक्ने र छाड्ने भने हुने गरेको प्रहरी नायव निरीक्षक रिमालको भनाई छ। यसले गर्दा बिरामीले सास्ती बेहोर्नुपरेको थियो।

समाचार नागरिक न्युज बाट