पत्रकार आलेको स्वास्थ्यमा सुधार
हेमराज भट्ट,नेपालगन्ज ,जेठ १४ - बन्दकर्ताले बाकेको कोहलपुरमा कुटिएर गम्भीर घाईते पत्रकार दीपा आलेको स्वास्यमा क्रमिक सुधार भईरहेको छ । शल्यक्रिया पछि शुक्रबार उहाको बाया आखा खुलेको अस्पताल स्रोतले जनाएको छ । नेपाल पत्रकार महासाघ , बाकेको सदस्य, रेडियो हिमाल र सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार आले केहि दिनमै डिस्चार्ज हुने नेपालगाज मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । आखाको शल्यक्रिया पछि शिक्षण अस्पतालमा उपचाररत आलेको स्वास्थयमा क्रमश सुधार हुदै गएको उपचारमा सालग्न डा. बिनोद कर्नले जानकारी दिए । आखामा चोट लागेका पत्रकार आलेको सोमबार राती शल्यक्रिया गरिएको थियो ।