किर्ते गर्ने कर्मचारी धरौटीमा रिहा
हेमराज भट्ट,नेपालगन्ज ,जेठ १४ - सरकारी कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका यातायात ब्यबस्था कार्यालय भेरीका प्रमुख गोपाल प्रसाद शर्मा सहित तीन जना कर्मचारी धरौटीमा छुटेका छन् । जिल्ला अदालतमा भएको थुनछेक बहसमा कार्यलय प्रमुख शर्मा नायब सुब्बा लालबहादुर योगी र हुतराज पौडेललाई धरौटी लिई तारिखमा रिहा गरिएको छ । कार्यालय प्रमुख शर्माले ९ हजार रुपैया धरौटी बुझाई तारिखमा रिहा भएका छन् भने नायब सुब्बा योगी र पौडेल जनहि पन्ध्र पन्ध्र हजार धरौटी दिई तारिखमा रिहा भएका हुन् । जिल्ला न्यायधिस शेखरप्रसाद पौडेलको ईजलासमा मागलबार भएको थुनछेक बहसपछि कर्मचारीले धरौटी बुझाई तारिखमा रिहा भएका बुझिएको छ ।
