|

प्रेस रिलिज:बिपन्न बालबालिकालाई जनही नगद १० हजार सहयोग प्रदान




                                                                    प्रेश बिज्ञप्ति
बासले बााकेका दुई जना बिपन्न बालबालिकालाई जनही नगद १० हजार सहयोग प्रदान गरेकोछ ।
बासले बिपन्न बालबालिका सहयोग कार्यक्रम अन्र्तगत सो सहयोग आज आयोजित एक कार्यक्रमका बिच प्रदान गरियो । घरेलु हिंसाबाट पीडित बिपन्न बालबालिका जनकपुर, मुरलिचौक घर भई हाल नेपालगञ्ज फुल्टेक्रा बस्ने ११ बर्षिया प्रिति भट्राई र जुम्ला सेडुस्का घर भई हाल नेपालगञ्जको एक बाल गृहमा बस्दै आएका अनाथ बालक १२ बर्षिय जयराम डाागिलाई बााकेका स्थानीइ बिकास अधिकारी बिश्वराज डोटेलले चेक हस्तान्तरण गरे भने बरिष्ट पत्रकार पूर्णलाल चुके र गा.बि.स. हकहित संरक्षण केन्द्र बााकेका अध्यक्ष उत्तम सिंह सोंढीले प्रशंसा पत्र प्रदान गरे ।

बासले २०६८ साल माघमा बिपन्न बालबालिका सहयोग थैलि बितरण गरि प्रति दिन एक जना व्यक्तिबाट हरेक दिन दुई रुपैंया फाल्गुण र चैत्रमा जम्मा गर्ने अभियान चलाएको थियो, जसबाट संकलन भएको रकमबाट सो सहयोग गरेको हो । सो कार्यक्रमलाई बासले आगमी दिनमा पनि निरन्तरता दिनेछ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्थानीय बिकास अधिकारी बिश्वराज डोटेलले सृजनात्मक ढंगले सहयोग संकलन गरि प्रदान गरेको सहयोग प्रशंसनिए भएको बताए । उनले बिश्वासको संकट देशमा भईरहेका बेला बासले कार्यक्रमको पारदर्शिता गरि गरेको सहयोगले बिश्वास बढाएको बताए । उनले थपे पारदर्शीताले बिश्वास बढाउाछ, त्यसैले अब सबैले पारदर्शीता गर्न जान्नु पर्छ । कार्यक्रमका अर्का बक्ता बरिष्ट पत्रकार पूर्णलाल चुकेले बालबालिकाको भबिष्य निर्माणका लागि चलाएको अभियान सकारात्मक भएको बताए । उनले भने यस कार्यक्रमले थोपा थोपाले घैंटा भरिन्छ भन्ने उखानको पुष्टि गरेको बताए । कार्यक्रममा गा.बि.स. हकहित संरक्षण केन्द्र बााकेका अध्यक्ष उत्तम सिंह सोंढीले बिपन्न बालबालिकाको सहयोगका लागि हरेक गा.बि.स. कार्यालयमा बाससंग सहकार्य गरि सहयोग पेटिका राख्ने घोषण गरे । कार्यक्रममा सहयोग प्राप्त गर्ने बालबालिकाका अभिभावकहरुले पनि बालेको सो कार्यक्रममा जिल्ला बाल क्लब संजाल बााकेका अध्यक्ष प्रजिता ज्ञवाली र जिल्ला युवा क्लब संजाल बााकेका अध्यक्ष आशिष बर्मा लगाएतले बोलेका थिए ।
बासका कार्यक्रम संयोजक गगन थापाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य बिपन्न बालबालिका सहयोग कार्यक्रमकी संयोजक प्रतिक्षा गिरीले व्यक्त गरेकि थिईन, भने सो कार्यक्रमको उद्धेश्य, परिकल्पना र कार्यन्वयनका बारेमा बास निर्देशक नमस्कार शाहले बोलेका थिए ।






ल्यापटप प्रदान 
सोही कार्यक्रममा बासको संस्थागत बिकासका लागि दुई जना व्यत्तित्वले ल्यापटप प्रदान गरेका छन् । संबिधानसभाका सदस्य बाद साह बर्मा र आभाष कम्प्युटर ट्रेड लिुंक नेपालगञ्जका प्रोपाईटर भोजराज तिमिल्सिनाले सो सहयोग प्रदान गरेका
हुन् । कार्यक्रममा उपस्थित  सभासद बाद साह बर्माका तर्फबाट निजी सचिब राम कुमार यादबले बासका अध्यक्ष राजु लामिछानेलाई ल्यापटप हस्तान्तरण गरेका थिए भने आभाष कम्प्युटर ट्रेड लिंक नेपालगञ्जका भोजराज तिमिल्सिनाले बासका महासचिब सुरेन्द्र शाही र सचिब राधिका गिरिलाई ल्यापटप प्रदान गरेका थिए । सहयोग हस्तान्तरण पछि बोल्दै यादब र तिमिल्सिनाले बासका अभियानलाई टेवा पुऱ्याउन सहयोग गरेको बताएका थिए । कार्यक्रमको समापन बास अध्यक्ष राजु लामिछानेले गरेको कार्यक्रममा १०० बढि व्यक्तिहरुको उपस्थिती थियो ।

  नमस्कार शाह
निर्देशक, बास
        २०६९ बैशाख ३१ ग्ते




Posted by Butwalonline on 5:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेस रिलिज:बिपन्न बालबालिकालाई जनही नगद १० हजार सहयोग प्रदान"

Leave a reply