दाहाल र भटराईको बुद्धी दिन राजमार्गमा रुद्री पाठ
कपिलवस्तु, जेष्ठ १० - माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधामन्त्री बाबुराम भटराईलाई देश जातीय राज्यमा विभाजित नगरी सबै नेपालीहरुबीच सदियौँ देखिको आपसी सद्भाव सम्बन्ध सृदृढ गर्ने तर्फ भगबानले सद्बुद्धी देउन भन्दै यहा रुद्री पाठ गरिएको छ ।
पुर्ब पश्चिम लोकमार्ग स्थित गोरुसिंगेमा ४ जना बाम्हृणहरु मिलेर बुधबार बिहानै देखि धार्मिक बिधी पुर्बक पुजाआजा गरेर प्रचण्ड र डा. बाबुराम भटराईलाई देशलाई नियम कानुन संबत हिडाउन भगबानले सद्बुद्धी दिन आग्रह गरेका छन् ।
। सर्बोच्च अदालतको आदेश समेत लत्याउने काम गरेर दुई नेताहरु मुलुक अराजकता तर्फ अघि बढेकाले यस तर्फ सचेत बनाउन पनि उनीहरुले भगबानसंग प्रार्थना गरेका छन् । स्थानीय पंडित खगेश्बर खनालले रुद्रीको आयोजना गरेका थिए । त्यस्तै उक्त कार्यक्रममा रुद्री बाचन पंडित जीबलाल पोख्रेल र भागबत पाठ रिकेश्वर अर्यालले गरेका थिए । त्यस्तै पण्डित तिलकनाथ शर्मा बेद पाठ गरेर राजनितिक खिचातानीले दैनिकजसो बन्द, हड्तालले देश बर्वादीतर्फ अगाढी बढेको प्रति चिन्ता व्यक्त गदै मिलेर बसेका विभिन्न धर्म, जाती, समुदायका नेपाली नेपाली विचको सद्भाव टुक्राउन नदिन नेताहरु सचेत बनाएका थिए । त्यस्तै भागबत पाठ गर्दै नयाा साविधान जेष्ठ १४ मै घोषणा गर्न नेताहरुको बुद्धी फिर्नु पर्ने कुरामा जोड दिएका थिए । एक दिन रुद्री पाठ पंडितहरुले धार्मिक बिधी पुर्बक गरेका थिए । उनीहरु प्रसाद, नैबेद्य बाडेर र होम गरेर स्बस्तीशान्ती समेत गरेका थिए । बेला बेला सडकमै जोडसंग शंख फुकेर कार्यक्रमलाई अझै रोचक बनाएका थिए ।
समाचार कांतिपुर बाट
