बन्दका कारण धनगढीका पत्रिकाहरूबन्द गरिने
कैलाली, जेठ ११- लगातारको बन्दका कारण धनगढीबाट प्रकाशित हुने १४ वटा दैनिक पत्रिकाहरू बन्द गर्ने निर्णय गरिएको छ।
बिहीबार यहाँ सम्पादक/प्रकाशकको भेलाले बन्दका कारण आर्थिक अवस्था धान्न नसक्ने अवस्था सिर्जना भएको भन्दै पत्रिकाहरू बन्द गर्ने निर्णय गरेको हो। धनगढीबाट सेती समाचार दैनिक, धनगढी पोष्ट, सुदूर सन्देश, अनुमोदन, पश्चिम टुडेलगायत १४ वटा दैनिक पत्रिकाहरू प्रकाशित हुँदै आएका छन्।
वाइस दिनदेखि लगातार बन्द हुँदै गएपछि कागज किन्नसमेत समस्या उत्पन्न भएपछि पत्रिका बन्द गर्नुपर्ने बाध्यता भएको सेती समाचार दैनिकका प्रधानसम्पादक घनबहादुर शाहले बताउनुभयो। रासस
समाचार नागरिक न्यूज बाट