नेपाल पत्रकार महासंघ बाँकेद्वारा प्रशासन कार्यालयमा ज्ञापन पत्र
हेमराज भट्ट,नेपालगन्ज,जेष्ठ १० -पछिल्लो समयमा विभिन्न आन्दोलन र बन्दका क्रममा प्रेसमाथी निरन्तर आक्रमण भइरहेको भन्दै आज नेपाल पत्रकार महासंघ बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मा ज्ञापन पत्र बुझाएकोछ । समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि निर्घात आक्रमणका घटना नरोकिनुले पत्रकार महासंघ चिन्तित भएको भन्दै ज्ञापन पत्र बुझाईएको हो । नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमिती सदस्य तथा सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार दिपा आलेमाथी २०६९ जेठ ८ गते राती बन्दकर्ताद्धारा सांघातिक आक्रमण गरि गम्भीर घाईते बनाइएको छ । सोही दिन नेपाल टेलिभिजनका वर्दिया संवाददाता डिलप्रसाद गौतमलाई पनि बाँके को नौवस्तामा आन्दोलनकारीबाट कुटपिट भएको छ ।
जेठ ९ गते नेपालगंज त्रिभुवन चौकमा पत्रकार विनय दिक्षितको मोटरसाईकलमा समेत तोडफोड भएको छ । पत्रकारको परिचय खुल्दा खुल्दै प्रेसका सवारी साधनमाथि तोडफोड हुदै आएकोछ । सञ्चारकर्मीहरुमाथी भईरहेको श्रृखंलावद्ध भौतिक आक्रमणको कायरतापुर्ण घटनाहरुको निन्दा तथा भत्र्सना ज्ञापन पत्र मार्फत गरिएको छ । साथै घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्न पनि स्थानीय प्रहरी प्रशासनसाग जोडदार माग समेत गरिएकोछ । कुनै पनि बहाना या घटनामा संलग्नहरु नउम्किउन भन्ने हाम्रो आग्रह हो पत्रमा उल्लेख गरिएकोछ । साथै यी घटनाहरुको आन्दोलन आयोजकले पूर्ण जिम्मेवारी लिई माफी माग्नुपर्ने बाताबरण बनाउन र अपराधीलाई आवश्यक कारवाही गर्न हामी प्रहरी प्रशासनसाग माग गरिएकोछ । अन्यथा पत्रकारहरुको आन्दोलन नरोकिने समेत महासंघले अवगत गरेकोछ ।
लोकतान्त्रिक आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिकालाई स्मरण गर्दै, आम नागरिकहरुको सूसूचित हुन पाउने अधिकारको सम्मान गर्न पत्रकार महासंघ बााकेले सधै जोडदार माग गरेकोछ । ज्ञापन पत्रमा भनीएको छ – हामी स्मरण गराउन चाहन्छौं–पत्रकारहरु कहिल्यै कुनै जाती, धर्म, वर्ग र लिंग विशेषको हुन सक्दैन । पत्रकार केवल “पत्रकार” मात्र हुन्छ । पत्रकारहरुले निर्भिक रुपमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउनुपर्ने सहज अवस्थाको सिर्जना गर्न, सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा व्यवस्था मिलाउन पनि अपील गरिएको छ ।
साथै महासंघले प्रेसमाथी भईरहेका आक्रमणका घटनाहरुको न्यायपूर्ण निश्पक्ष छानविन गर्न तथा कुनै दवावमा नपरि दोषीहरुमाथि तत्काल कारवाहि गर्न, आक्रमणमा परी घाईते हुनुभएकी पत्रकार दिपा आले लगायतका पत्रकारहरुको यथाशिघ्र निशुल्क स्वास्थ्य उपचार तथा मोटरसाईकल क्षतिको क्षतिुपूर्तीको व्यवस्था गर्न र शान्ति सुरक्षाको पूर्ण प्रत्याुभती नभइरहेकाले शान्ति सुव्यवस्था कायम गर्न र भौतिक तथा व्यवसायिक सुरक्षा दिन विशेष पहल गर्न प्रशासन संग माग गरेको छ ।
