स्वास्थ्य र सरसफाई जनचेतना मुलक सास्कृतिक कार्यक्रम सम्पन्न
हेमराज भट्ट,बाँके ,जेष्ठ १० -स्वास्थ्य र सरसफाई सम्बन्धि जनचेतना मुलक सास्कृतिक कार्यक्रम बााकेको खजुराखुर्द गा.बि.स.मा आज सम्पन्न भएको छ ।
शरसफाई नगर्दा उत्पन्न हुनसक्ने समस्याहरु, के कसरी सरसफाई गर्ने, सरसफाई गर्दा ध्यान दिनुपर्ने कुराहरु, शौचालयको प्रयोग, हाम्रो समाजमा अझै पनि रोगलागेमा उपचार गर्नुको साटो धामी झाक्रिलाई बोलाउने र अन्तमा मान्छे मर्न लाग्दा अस्पतालमा लैजाने लगायतका बिषयमा विभिन्न प्रश्तुतीहरु प्रश्तुत गरिएका थिए । कार्यक्रममा स्वाथ्य र सरसफाई सम्बन्धि नाटक परिवर्तन प्रश्तुत गरिएको थियो । नाटकका माध्यमबाट जथाभावी दिशापिशाब गर्दा स्वास्थ्यमा पर्ने असर, शौचालय नहुदाको समस्या, र एउटा व्यक्तिलाई झाडापखाला लागेपछि उसको घरको परिवारले अस्पताल लैजानुको साटो धामी झाक्रि साग लगेको र अन्तमा छोरा गुमाएको दृष्य देखाईएको थियो साथै नाटकका माध्यमबाट समयमा ख्याल नगरेमा निकै अप्ठेरो समस्याहरुको सिर्जना हुन सक्ने सन्देस समेत प्रश्तुत गरिएको थियो । कार्यक्रममा स्वास्थ्य सम्बन्धि गित, कबिता, गजल, सायरि तथा नृत्यहरु समेत प्रश्तुत गरिएको थियो ।
बागेश्वरी असल शासन क्लब (बास), नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र पूर्ण सरसफाई समिति खजुराखुर्द गाविसको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो । खजुराखुर्दको स्थानीय जानकी मा.बि.को प्रांगणमा विभिन्न क्षेत्रका गरि ३०० बढिको सहभागीता रहेको कार्यक्रमको प्रमुख अतिथि खजुराखुर्द गाविसका गाविस सचिब शसिधर पोख्रेलले गरेका थिए । भने अतिथिको रुपमा जानकि मावि बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सुखसागर बर्मा, प्र.अ. दामोदर पौडेल, ताईकवान्दो प्रशिक्षक नन्द किशोर बर्मा, खजुराखुर्द उपस्वास्थ्य चौकी ईन्चार्ज दल बहादुर राना लगायत राजनितिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
बास प्रबक्ता हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा नृत्य प्रशिक्षक तथा बास नृत्य समुह का संयोजक राधा गुरुङ्ग, सरिता गिरि, जुना बिक, अनुप तामाङ्ग, नकुल पुरी, राजेश राज बज्राचार्य लगायतले आफ्नो एकल तथा सामुहिक नृत्य प्रश्तुत गरेका थिए भने प्रकाश सुनार, रेखा बिक, बिनोद थापा, प्रशान्त ढकाल, सुमित्रा भण्डारी, जिवन सुनार, नकुल वली लगायतको समुहले नाटक प्रश्तुत गरेका थिए । कार्यक्रममा बोल्दै गाविस सचिब तथा कार्यक्रमका प्रमुख अतिथि शसिधर पोख्रेलले गाविसमा सरसफाईको अभियानलाई निरन्तरता दिन यो कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका थिए । बास निर्देशक नमस्कार शाहले कार्यक्रममा स्वागत तथा उद्धेश्यमाथि प्रकास पारेका थिए भने कार्यक्रमको समापन बास अध्यक्ष राजु लामिछानेले गरेका थिए ।
