|

भारतमा सरकारले पेट्रोलको मूल्यमा भारी बृद्धि


काठमाडौं जेठ १० -भारतमा सरकारले पेट्रोलको मूल्यमा भारी बृद्धि गरेको छ । सरकारले बुधबार रातिबाट लागू हुने गरी साढे ७ रुपैयाँ भारु बढाएको बीबीसीले जनाएको छ ।

भारतीय रुपैयाँको मूल्यमा आएको गिराबटका कारण मूल्य बढाउन परेको सरकारको भनाई छ । बृद्धिपछि पेट्रोल लिटरको भारु ५५ पुगेको छ । यससँगै नेपालमा पनि पेट्रोलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ ।
नेपालमा हाल पेट्रोलको मूल्य लिटरको १ सय २० रुपैयाँ छ । डिजेल र पेट्रोल र एलपी ग्याँसको भाउ भने बढेको छैन । यद्यपी कुनै पनि बेला बढ्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 8:19 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतमा सरकारले पेट्रोलको मूल्यमा भारी बृद्धि"

Leave a reply