आदिबासी जनजाती युवा परिषद्,यू.ए.ई.को बन्द प्रशिक्षण कार्यक्रमको तयारी अन्तिम चरणमा
हरि घर्तिमगर ,अबुधाबी ,यू.ए.ई.- आदिवासी जनजाति
युवा परिषद युएईले
आउदो जेष्ठ १४
गते घोषणा हुने
नेपालको सम्विधानमा आदिवासी जनजातिहरुको जन्म सिद्द
नैसर्गिक हक-अधिकार
प्रत्याभुत भएको एकल जातिय पहिचानसहितको राज्यका सम्पूर्ण तहमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली , जन संखायाको आधारमा समानुपातिक र समाबेसी प्रतिनिधित्व , आत्म-निर्णय र स्वायत जातिय सम्मान सहितको गणतान्त्रिक सम्विधान
सुनिस्चिताको लागि सम्पूर्ण प्रवाशी आदिबाशी-जनजातिका युवाहरुलाई अझ
बढी सशक्त,जागरुक
र कृयाशिल बनाउन यही २५
मे २०१२ दिनको
३ बजे युएईको
राजाधानी आबुधावी केरेला सोसियल
सेन्टरमा बिशेष बन्द प्रशिक्षण
कार्यक्रम गर्ने भएको छ | आउदो हप्ता हुने सो कार्यक्रमको तयारी अत्यन्त भब्य रुपमा भैरहेको छ | सो
प्रशिक्षण कार्यक्रममा सहभागि भै दिनुहुन परिषद को तर्फबाट सम्पूर्ण प्रवासी आदिवासी
जनजाति युवा,युवतीहरुलाई बिशेष निमन्त्रणा सहित अनुरोध गरिएको छ
|
सम्विधान निर्माणको अन्तिम अवस्थामा हुन लागेको परिषदको
यो बन्द प्रशिक्षण
कार्यक्रममा आदिवासी जनजातिहरुलाई
अन्तरास्ट्रिय कानुन तथा सिद्दान्त
द्वारा प्रत्याभुत भएका अधिकारहरु,नेपाल सरकारले आदिवासी
जनजातिहरु सम्बन्धमा अन्तरास्ट्रिय समुदाय
सँग गरेका प्रतिबद्दता,आदिवासी जनजातिहरुसँग
राज्य पक्षले पटक-पटक गरेका सहमति
सम्झौता, खोज
र अनुसन्धान,नेपालको राजनीतिमा आदिवासी
जनजाति समुदायको भूमिका र योगदान, दलहरुको
सहमतीले निर्माण गरेको राज्य पुनर्संरचना एबं
राज्य शक्तिको बाडफाड समितिले बुझाएको प्रतिवेदनको आधारमा एकल जातिय
पहिचान सहित् १४ प्रदेश र २३ स्वायत क्षेत्रको प्रस्ताब , दलीय सहमतिको आधारमा बनेको राज्य पुनर्संरचना एवं राज्यशक्तिको बाडफाड आयोगले प्रस्तुत गरेको ११ प्रदेशको प्रस्ताब लगायत आदिवासी
जनजाति सभासद ककस र
मधिसे मोर्चामा आबद्द
मधिसे,आदिवासी जनजाति,दलित तथा
मुस्लिम सभासदहरुले एकल
पहिचान सहित् १४ प्रदेशको
अबधारणामा एक साथ
उभिने ४ बुदे
लिखित सहमतिका बारेमा समेत बिशेष जानकारी सहित पछिल्लो पटक ३ दलले मनोमानी ढंगले
गरेको बिना नामको ११ वटा प्रदेशका बिरुद्द गरिएको बिरोध को कारण, एकल
जातिय राज्यको सम्भावना र आवश्यकता सहित भर्खरै ३२० जन जनजाती र मधेशी शभाषदहरुले प्रचण्डलाई बुझाएको ज्ञापनपत्र को महत्व जस्ता अत्यन्तै समसामयीक र सम्वेदनशिल बिषयमा व्यापक जानकारी र प्रशिक्षण दिदै आदिवासी जनजातिहरुमा सिद्दन्तत सामाजिक,राजनैतिक र आर्थिक सम्बृदीका
सवालमा दुरगामी प्रभाव पार्ने विश्वाश सहित समग्र नेपालीहरुलाई भावनात्मक रुपमा एक बनाउदै ,राज्यलाई कुनै पनी आधारमा बिखण्डनहुनबाट बचाउन, साम्प्रदायिक सदभाव
खल्बलिन नदिन जातिय,क्षेत्रिय,धार्मिक,भाषिक
र सास्कृतिक सहिष्णुता
प्राप्त गर्दै सबैकोलागि सम्मानित , शान्त र सम्बृद नेपालको परीकल्पना पुरा
गर्ने अभियानमा समेत यो बन्द प्रशिक्षण फलदाई हुने विश्वाश लिइएको छ | यस्ता प्रशिक्षण कार्यक्रमले जनजाती युवाहरुमा आत्मियताको समेत संचार हुने हुदा प्रवासमा
रहेका आम नेपाली
समुदायमा आई पर्ने
विविध समस्या समाधानका सम्बन्धमा
युवा परिषदको भूमिका महत्वपूर्ण हुने भएकोले समेत यो
प्रशिक्षण कार्यक्रमको आवश्यकता भएको
जानकारी गराइएको छ | कार्यक्रममा सहभागिहुन र बिस्तृत जानकारीकालागि परिषद्का
उपाध्यक्ष आशिष राई (मो.नं.०५५४०५२०९०) ,दिपराज सुब्बा (मो.नं.०५५८५५०२६),
मोहन तामांग (मो.नं.०५५६९२७२२५) र महासचिब विनोद राई (मो.नं.०५५६४३९७७१) लाई
सम्पर्क गर्नुहुन सम्पूर्ण आदिबाशी जनजातीहरुमा बिशेष अनुरोध गरिएको छ |
Posted by Butwalonline
on 5:25 PM. Filed under
Prabasi News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response