|

छोराछोरीलाई विष ख्वाएर आमाद्वारा आत्महत्या प्रयास

नेपालगञ्ज, जेठ ११ - आफ्ना दुई सन्तानलाई विष मिसाइएको चाउचाउ खुवाएर एक महिलाले आत्महत्याको प्रयास गरेकी छिन्। विष मिसिएको चाउचाउ खाएका दुई वर्षीय छोरा र ८ वर्षीय छोरीको मृत्यु भएको छ भने उनीहरुको आमा राधिका न्यौपानेको उपचार भइरहेको छ। धनगढी नगरपालिका ३ की न्यौपानेले पतिसँगको झगडाका कारण छोराछोरीसहित आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। उनका पति प्रहरी सहायक निरीक्षक छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:31 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छोराछोरीलाई विष ख्वाएर आमाद्वारा आत्महत्या प्रयास"

Leave a reply