धादिङमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
धादिङ, जेठ १२- धादिङको जोगिमारा-९, माझिमटारमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ना३त ८२०७ नम्बरको ट्रयाक्टर ज्यामिरेघाटबाट मझिमटार जाँदै गर्दा सडकबाट १५ मिटर तल खसेको छ। मृत्यु हुनेमा स्थानीय बासिन्दा प्रमिला चेपाङ र दिलमाया चेपाङ रहेको प्रहरीले जनाएको छ। उपचारका क्रममा अर्का एक शिशुको समेत मृत्यु भएको छ। बाँकी तीन जना घाइतेको उपचार गजुरी अस्पतालमा भइरहेको छ।
समाचार नागरिक न्यूज बाट
समाचार नागरिक न्यूज बाट
