अब नेपालमा तेस्रो लिङ्गीका लागि छुट्टै शौचालय
हेमराज भट्ट, नेपालगंज,जेष्ठ १२ -सार्बजानिक सौचालयमा महिला तथा पुरुषका लागी भनेर छुट्टाइएको हुन्छ तर अब महिला पुरुष बाहेक तेस्रो लिंगीका लागि पनि छुट्टै सौचालयको ब्यबस्था गरियको छ | नेपालमै पहिलो पटक नेपालगन्जको बागेश्वरी मन्दिरमो तेस्रो लिङ्गीका लागि शौचालय निर्माण गरिएकोछ । सो शौचालयको निर्माण सभाषद सुनिल बाबु पन्तले संसदिय कोषबाट निर्माण गरेको थियो भने शौचालयको उद्घाटनका लागि स्वयम् सभाषद पन्त नेपालगन्ज आउनु भएको थियो ।