|

केटीको चक्करमा परेर पारसलाई फसाद परिवार संग संपर्क बिहीन

काठमाण्डौ,जेठ ३ - ६ महिनाअघि सिंगापुरबाट वैंकक बसाई सरेका पूर्व युवराज पारस साह यतिबेला वैंककमा संकट भोगिरहेका छन् । पत्नी हिमानीसँग त सुरुदेखि नै सुमधुर सम्बन्ध थिएन नै, पछिल्लो समयमा परिवारका अन्य सदस्यसँग पनि सम्बन्ध चिसिएपछि पारस समस्यामा परेका छन् ।सम्बन्ध चिसिनुको कारण चाहिं उनको उही पुरानै बानी अर्थात केटी र खर्च गर्ने बानी नै हो । आफ्ना तीन जना बच्चा संगै लिएर फ्लाटमा वसिरहेका पारस यतिबेला एक थाई युवतीको प्रेम चक्करमा परेको पूर्व राजपरिवारको आशंका छ ।खर्चिलो स्वभावका उनी  नेपालबाट तोकेर पठाएको पैसाका भरमा चल्नुपर्ने भएपछि समस्यामा परेका हुन् ।
नेपालबाट परिवारले पठाइदिने खर्चका अलावा काका धीरेन्द्रकी छोरीहरु र नातेदार डा राजिव शाहीले पनि खर्चमा सहयोग गर्दै आएका छन् । तर उनलाई खर्च धान्न निकै गाह्रो परेका कारण अहिले उनी परिवारका सदस्यको सम्र्पकमा समेत नरहेको वताइएको छ ।
यसैवीच पूर्व राजा ज्ञानेन्द्रले पनि उनलाई केही समय नेपाल नआउन सन्देश पठाइका छन् । अहिलेको परिस्थीतिमा नेपाल आएर केही उपद्रो गर्ला र समस्या पर्ला भनेर शाहले उनलाई नेपाल नआउने भनेको बताइएको छ । तर पारस भने बाउको आदेश मानेर हैन, आफ्नै चक्कर र समस्याले वैंककमा भौंतारिहइरहेका छन् ।
समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 7:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

1 comments for "केटीको चक्करमा परेर पारसलाई फसाद परिवार संग संपर्क बिहीन"

  1. thats not a new thing for him but everyperson must learn from him the way of life to live .do as u wish but dnt do or creat any any scene which throws u in difficulties and u lost your prestige.

Leave a reply