|

जन नेता मदन भंडारी को जबज, चुनौती र रास्ट्रीय सहमति



जन नेता  मदन भंडारी को जबज, चुनौती  र रास्ट्रीय सहमति -नारायण अधिकारी ,बेल्जियम 


"जनताको राजनीतिमा थकाइ भन्ने हुन्न प्रतिक्रयाबादीहरुले यदि हाम्रो शांतिपूर्ण आन्दोलनलाई दबाउन खोजे भने हामी जनताको हातमा पनि दही जमेर बसेको छैन । प्रतिक्रियाबादी शक्तिहरुमा हामी बिरुद्द उत्रे भने हामी जनताका हातहरु पनि बांस का ठुटा होइनन हामी पनि प्रतिकार गर्छौ ।" "हात्ति हिडदै गर्छ कुकुर भुक्तै गर्छ, काग करौन्दै जान्छ पिना सुक्दै जान्छ हाम्रो अभियान जारी रहन्छ र निष्कर्षमा पुग्छ ।" "राजा यदि तिमी जनताको आधिकारमा गिद्दे दृष्टि लाउन्छौ भने श्रीपेच खोल र चुनाबमा आउ हामी तिमीलाई जनताको बलमा हर्राई दिन्छौ नत्र टाटनामा घांस हालेको बाख्रा जस्तो गरेर जनताले छूटाको ४ लाख खाऊ तर जनताको आधिकारमा गिद्दे दृष्टि नलागाऊ। " साथीहरु हामी माओले भने जस्तै जुत्ता हेरेर खुट्टा काटने होइन की खुट्टा हेरेर जुत्ता काटने काम गरौ अर्थात देश अनुसार क्रांतिलाई अघि सारौ । 

यस्ता भनाइ राख्ने नेपाली बाम, जनाबादी र लोकत्रांत्रिक आन्दोलनका नायक स्वर्गीय जननेता मदन भण्डारी, नेपाली जनताको आशा भरोषाको केंद्र ,जनताको धुकधुकी , सत्रुहरूको लागी जिउदो बाघ जस्तै गर्जने तथा मजदुर किसान सोसित पीड़ितहरुका लागि आँखाको नानी , लोकतान्त्रिक आन्दोलानका महानायक हाम्रो सामू हुनुहुन्न , केबल उहाँले सोचेको सोच , स्मृतिका छंद , बिचार , दर्शन मात्र हामी संग छ ।
ब्यापक शांतिपूर्ण  जनापरिचालन तथा चर्चा को सिखर :
मदन भंडारी हूरी वतास भएर आए, नेपाली जनताको लागि आमूल परिबर्तनको खाका कोरे, जनतालाई लोकत्रांतिक, बामपंथी , जनवादी आन्दोलनमा सरिक गराएर गाउँ गाउँबस्ती बस्ती चलायमान पारे, निकै चर्चा वटुले । विशेष गरी काठमाडौं क्षेत्र नं. १ मा किसुन जी तत्कालीन अंतरिम सरकारको प्रधानमन्त्री लाईहराउँनु र १ नंबर तथा ५ नंबर दुवै ठाउँबाट सानो कुरा थिए न । न्यूज़ वीक अमेरिका बटा प्रकाशित हुने पत्रिकामा उहााको पहिलो अन्तर्वार्ता छापियो ।न्यूज़ वीक ले लेख्यो "कार्ल मार्क्स लाइव इन नेपाल "आर्थात कार्ल मार्क्स नेपाल मा जिबित छ्न भन्ने ढंगले देसी बिदेशी संचार माध्यामहरुबाट निकै चर्चाको शिखरमा भण्डार दिेखिए । 
हुनसक्छ पुर्बि पूर्वी यूरोप लगायतका संसारका विभिन्न देशहरुबाट बामपंथीहरुको सत्ता धल्दै थियो  भने अर्कोतिर नेपालमा उदाएको वामपन्थी अभियान र चर्चा पककै पनि कम गौरवशाली थिएनन ।
सायद यिनै राजनैतिक कारणले होला, २०५० सालको जेठ ३ गते नेकपा एमालेका तत्कालिन महासचिव कमरेड मदन भण्डारी र संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रित रहस्यमय जीप दुर्घटनामा परी दिवंगत हुनुपर्यो ।उहाँहरुको देहावशानले सींगो नेपालको बाम आन्दोलन , गणतांत्रिक आन्दोलान , लोक्तान्त्रिक आन्दोलन , जनाबादी आन्दोलन , सर्बहारा मजदुर किसान , भूमिहीन किसान , देशभक्तको आन्दोलन र विशेष गरि कम्युनिस्ट आन्दोलन र एमालेका साथै मुलुकको राजनीतिमा अपूरणीय क्षति पुगेको थियो ।
कमरेड मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनको एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार हुनुहुन्थ्यो । उहाँले प्रतिपादन गर्नुभएको ूजनताको बहुदलीय जनवादूले नेपालको कम्युनिष्ट आन्दोलनलाई वैचारिक रुपले मार्गदर्शन गरिरहेको छ । सामन्तवाद विरोधी आन्दोलनका अगुवा र गणतन्त्रका प्रवल पक्षधर कमरेड मदन भण्डारीले अघि सारेका विचारहरुलाई आधार मान्दै नेकपा को आन्दोलन ले निश्चित रूपमा नया नेपाल बन्ने र नेपाली जनताको आमूल परिबर्तनको सपना पुरा हुने संभाबना थियो । 
 पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिविेशन लगायत तराईको पार्टी कामको सिलसिलामा , तत्कालीन परिस्थिति देशी बिदेशी साँठगाँठकाकारण दासढुंगामा उहााको सुनियोजित षडयन्त्रका साथ हत्या गरियो । यो घटना देख्दा देऋख्दा सामान्य लाग्ने जस्तो देखिए पनि भयावह राजनैतिक चक्रव्यूह थियो जुन जेष्ठ ३ गते भयो । सारा मुलुक शोकमा डुवेको थियो । जनताहरु स्तव्ध भएँ नेपाली धर्ती रोइन । एक राष्ट्रवादी विलय हुँदा कतिले लाश नभेटुन्जेल खाना खाएनन त कतिले कपाल समेत खौरे । घटनाका दोषीलाई सजाय दिनु कता हो कता घटनामा संलग्न अमर लामालाई समेत केहि वर्ष पहिले हत्या गरियो ।

जनता को बहुदलीय जनबाद र तत्कालीन परिबेश :-
समाजवादी व्यवस्थाको रक्षात्मक लर्डाई लड्नु पनें अवस्थामा विश्व कम्युनिष्ट आन्दोलनलाई नयां दिशा दिने चुनौतिका साथ जनताको बहुदलिय जनवाद जस्तो नयां दर्शन सिद्धान्त वोकेर देखा पर्नु भएको थियो क. मदन कुमार भण्डारी ।  वहांले विश्वको राजनितिक घटनाकमहरुलाई द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोणको आधारमा विश्लेषण गर्नु भएको थियो । द्धन्द र्सार्वभौम छ र स्वभाविक पनी हो । समाजमा बहुदलता स्वीकारीएको छ भने समाजवादी व्यवस्थामा पनी यसलाई प्रकट हुन दिनु पर्दछ भन्ने मान्यता नै जवज को सिद्धान्त हो । समाजवादी व्यवस्थमा फरक विचारहरु , जनताका आलोचनाहरु , गुम्सिएका भावनाहरु र विरोधहरुलाई छलफलमा आउन दिनुपर्छ अन्यथा ति गुम्सिएका भावनाहरु , विरोधहरु , आलोचनाहरु एकै चोटी विस्फोट हुन पुग्छन । कम्युनिष्ट पाटीले जनताका मौलीक अधिकार खोस्ने होईन वरु दृढता पूर्वक रक्षा गर्दछ भन्ने कुरालाई पुष्टि गर्नु पर्दछ । 
अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनले दिन प्रति दिन धक्का खादै पूर्वी यूरोपका देशहरुमा समाजवादी शासन व्यवस्था पतन भएको अवस्था थियो । पुजीवादी शासकहरुले र तिनका सञ्चार माध्यमहरुले साझ विहान विश्व वाट कम्युनिष्टहरु लोप भईसके भनेर हल्ला फिजाएका थिए त्यतिनै वेला नेपालका कम्युनिष्टहरु भर्खरै जुर्मुराएर उठिरहेका थिए र हुंकार दिईरहेका थिए खवरदार नेपालमा कार्लमार्क्स को नयां जन्म भएको छ र हामिले विश्व कम्युनिष्ट आन्दोलनलाई जनताको वहुदलिय जनवादको नयां विचार सहित सगरमाथा को उचाई वाट नेतृत्व गछौं भनेर । 

जनताको बहुदलीय जनबाद को चुनौती :-
जनताको बहुदलीय जनबाद को मार्क्सबादी  आधार  को बिसय मा पनी केही बामपंथी नेता हरु बाट प्रश्न उठेको छ की ज ब ज मार्क्सबाद    सम्मत छ की  छैन ?मार्क्सबाद अमूर्त  छैन  र कार्यनीतिक हिसाब ले रास्ट्रीय सोरूप अनुसार मार्क्सबाद लाइ सृजनात्मक प्रयोग गर्ने कुरा हो र त्यों नेता भंडारी ले तत्कालीन अंतरास्तीय र रास्टीय  परिस्थिति को बिस्लेसन गरी पार्टी का अगुवा नेता हरु को सहभागिता,योगदान ,अनुभब लाइ समायोजन समेत गरी गहिरो अध्यान -बिस्लेसन पछि   नेपाल को परिबेश मा ल्याएको एक अबधारना   हो र आगामी दिन मा एस को सफलता को मापन हुँदै जान्छ / उहा को बिस्लेसन मा यो चरण राजनितिक हिसाबले सामाजबाद मा जाने पुंजिबादी क्रांति नै हो / नेपाली  समाज को  चरित्र र बर्ग हरु को अंतर्बिरोध लाइ हेर्ने हो भने स्वभाबिक रूप मा यो पूंजीबादी लोकतंत्रा को  चरण हुँदै  बैज्ञानिक समाज्बाद मा जाने हो ,जब ज को आधिकारिक  प्रस्तावना तेहि हो र त्यों स्वभाबिक रूप मा श्रमिक किसान ,मजदूर ,रास्ट्रीय पूंजीपति हरु को आम सहभागिता मा बहुलबाद , लोकतांत्रिक /सामाजबाद  /रास्त्रबादी  शक्ती हरु बिच  बहुदलीय प्रतिस्प्रधा ,समाजबाद उन्मुख अ र्थप्रनाली र सामंती अर्थ ब्यबस्था लाइ समाजबादी रूपांतरण गर्दै जाने हो /
कार्यनीतिक    हिसाबले र संगठन प्रकिया हरु ले ज ब ज लाइ अझ सुद्रिदिकरण गर्दै लानु पर्ने स्थिति रहेको छ /संगठन प्रकिया को कुरा गरिरहदा बिसेस गरी केंद्र ,जिल्ला ,जनबर्गिय संगठन हरु मा  ,प्रबाश मा रहेका कमिटी हरु मा गैर जबज बादी चिंतन ,ब्यक्ति बादी प्रबिती ,गैर जनबादी केन्द्रियता, गलत ढंगले -गलत सूचना -नियोजित  जानकारी को  आधारमा निर्णय लिने -केन्द्रीयता को दुरुपयोग गर्ने ,संगठन मा सही जबज लाइ सम्मान गर्ने -लागी पर्ने -इम्मंदार -कटिबद्द  ब्यक्ति  हरु लाइ  समेत   ब्याक्तिगत  संपर्क  को  आधार ले निरुत्साहित  पारिरहेको  अबस्था हरु , संगठन गलत तरिका ले संचालन गर्ने प्रबिती ,संगठन मा गलत तरिका ले आफ्नो   बर्चस्व कायम गर्ने , शक्ती  केन्द्रित संगठन प्रकिया लाइ बडुवा दिने ,निति लाइ भन्दा नेता मुखी प्रबिती  लाइ बडुवा दिने ,संगठन मा निम्न पुन्जिबादी चिंतन लाइ बडुवा दिने ,गुट उप गुट को निर्माण गर्ने जस्ता गैर ज ब ज बादी गतिबिधि पनी देखा पर्न थालेको देखिन्छ /
जबज लाइ बैचारिक रुपमा ,ब्याभारमा र संगठन मा सही रूप ले प्रयोग गर्नु पर्ने र जबज को मर्म  /भावना लाइ इमानदारी का साथ बोक्ने कार्यकर्ता र नेता हरु लाइ कतिपय  अबस्थामा मनोबाल कमजोर बनाऊंन को लागी बिभिन्न किसिमका गैर जबज बादी गतिबिधि  र तथ्य ले भन्दा अनाबस्यक र झूट तर्क को आधार मा  र अन्य हिसाबले बल मिचाई ,सक्ति को मानसिक त्राश  समेत दिने गलत प्रबिती यदा कदा देखिएको पाइन्छ /   एस लाइ संगठन  सुद्रिदिकरण,रूपांतरण  साथै सुद्दीकरन  गरेर जानू पर्ने स्थिति पनी जबज को सामू रहेको छ / संगठन भीत्र काम गर्ने सबालमा स्वभाबिक रूप मा गलती कमजोरी हुन सक्छन ,त्यों सबैको हुन्छ तर आफ्नो गलती -कमजोरी -आलोचना को पाटों लाइ सहज ढंगले सुइकार्ने ,रूपांतरित हुने र संगठन को लागी लागी पर्ने परिपाटी कमजोर भएको छ /त्यस लाइ प्रतिस्ठा को बिसय मा सोच्नु हुँदैन ,लेनीन बादी संगठन भीत्र आलोचना -आत्मालोचना संगठन लाइ जिबंत राखने एउता अत्यंत बैगानीक र भावनात्मक प्रकिया हो ,त्यसर्थ हामी हरुले पनी यो संस्कारलाई ब्याभार मा उतार्नु पर्ने ब्याबरिक  चुनौती हाम्रो सामू रहेको छ / एस्ले जबज लाइ अझ ससक्त ,बैगानिक र जनता को बिचमा स्थापित सिद्धांत को रूप मा स्थापित गर्ने छ / उहा गुटबंदी लाई निरुत्साहित पार्नु पर्छ भन्ने सोच राख्नुहुन्थ्यो तर ब्यबस्थित र अनुशासित ढंगले आएको   फरक बिचार /सोच को संगठन भित्र सम्मान गर्नु पर्छ भन्ने सोच र ब्यभार  प्रस्तुत गर्नुहुन्थ्यो / 

छोटोजिबनी
जन नेता भण्डारी पूर्वी पहाड ताप्लेजुंग मा पिता देवी प्रसाद भंडारी का माइलो छोरोको रूपमा शिक्षित परिबार मा जून २७, १९५२ मा भएको हो । ताप्लेजुंगमा सामान्य पढाइ सकेपछि आचार्य सम्म र एम् ए गर्न बनारास बिश्वबिध्यालय जानुभयो र डबल एमए गर्नु भयो जून बिश्वबिध्यालयमा किसुन जी , पुष्प लाल , लगयात धेरै नेपाली नेताहरुले पड्नु भएको हो । भोजपुरमा जन्मिएर मोरंगमा अध्ययन गर्ने र पार्टीको कार्यकर्ता बिद्या देवी पाण्डे त्यतिवेला उहाँ अखिल पाँचौंको तर्फबाट महेंद्र मोरंग क्याम्पसमा स्ववियुको पदाधिकारी र भूमिगत ढंगले माले को महिला संगठनलाई बढाउँने हिसावले मोरंगमा बस्दा तत्कालीन माले को निर्णय बमोजिम जनाबादी बिबाह भएको हो भानिन्छ ।
बनारसको विद्यार्थी जिबनमा सायद नेपाली पुराना नेता र विशेष गरि गरि भारतका समाजबादी नेता ,कम्युनिस्ट नेताहरु ज्योति बासु ,तत्कालीन भा क पा का नेता हरिकिशुं सुरजीत र नेपाली नेताहरु कोमरेड पुष्प लाल ,मन मोहन ,मोहन बिक्रम सिंह ,नर बहादुर कर्माचार्या , बीपी कोइराला , सहना प्रधानसंगको सम्पर्कले नेपालको आमूल परिबर्तानको लागी सोच्न झक्झकायो उनलाई किनकी भारतमा  प्रख्यात कम्युनिस्ट नेताहरु थिए त्यति बेला । भारतमा अन्तन्त गरिवीका कारण कम्युनिस्टहरु बडेका बडै थिए । भंडारी को बामपंथी राजनीति को झुकाब सक्रियता निखार्पण क्रन्तिभाब देशभक्ति गणतांत्रिक र आमुल्परिबर्तन को सोच वनारसको अध्ययनको क्रममा बढेको देखिन्छ ।

मदन भंडारीको राजनितिक यात्रा :-
 कमरेड मदन  भंडारी,  कमरेड पुष्पलाल ले खोल्नु भएको बिद्यार्थी  organisation  को central  कमिटी को मेबर हुनुभयो १९७२  आर्थात २०२८ साल मा  बनारास बिस्वबिध्यालय मा /बनारस  जांदै नै उहा बामपंथी  राजनितिक प्रभाव मा परिसक्नुभएको थियो /उहा पढाई मा अतान्त्य तेजिलो हुनुहुन्थ्यो ,कबिता ,जनबादी गीत का रचयेता पनि हुनुहुन्थ्यो /झीलको ,संकल्प लगायत भूमिगत प्रकासन मा उहाका दर्जनौ लेख ,दर्शन सम्बन्दी बिचार ,क्रांतिकारी लेख -कबिता -गीत छापिएको थियो भूमिगत अबस्था मा /ऊहा जनाबदी साहित्याकार /कालाकार / क्रन्तिकारी लेखक र कबी पनि हुनुहुन्थ्यो नेता भंडारी/

 मा ले गठन र ज ब ज को  आधार तय  :-
२०२७/२०२८  साल तीर चरम गरीबी ,पंचयात को हुकुमी सासन ,खुकार सामान्त हरु को सोसन ,किसान ,मजदूर माथी को सोसन चरम सीमा मा पुगेको बेला क . खड्ग प्रसाद ओली(के पि ओली ) , क झलनाथ खनाल क राम नाथ दाहाल  , बिरेन राजबंसी ,मंडल सतार ,चन्द्र प्रकाश मैनाली ,आर के मैनाली ,जीवन घिमिरे आदि प्रमुख नेता हरु को नेतृत्व    (अली अगि पछि)  मा सस्त्र आन्दोलान को नेतृत्व सुरु भयो /सामंत चन्द्र प्रसाद ढकाल लगायत कही सामंता हरु को तेहि काम गर्ने किसान लाई प्रयोग गारी ख़तम गर्ने उग्र काम भयो /सफाया /टाउको गिड़ने  काम सुरुभयो / सामन्त ,जाली ,फटाहा ,श्रमिक मारा ,किसान मारा ,दलाल  जनताको को कमाई मा राज गर्ने  सामंता हरुको सफाया नियमित ढंगले अगाडी  बड़्दै गयो -सफाया हुँदै गयो -कति लाइ भौतिक कार्बाहि मात्र भयो -कति लाइ सुद्रिने चेतावनी भयो/ -सामंत हरु को जग्गा कब्जा गारी भूमिहीन किसान -मजदूर हरु लाई राख्ने र उनीहरुलाई नै दिने सामंता हरुको जग्गा तर जनता को चेतना त्यों स्तर सम्म उठेको थिएन ,संगठन दरो  भएको  थिएन ,जनता ले ह्त्या को रूप मा बुझे ,पंच्याती  सासन कडा थियो आर्मी  राजा को थियो /बर्गसत्रु ख़तम अभियान पुर्ब बाट  सुरु त भयो तर देश भरी बिसेस पश्चिम मा जनता को चेतना को कमी को कारण ले र दमन को कारन ले आन्दोलन सफल हुन सकेन /नेपाल का मंडेला भनिने कमरेड मोहन चन्द्र अधिकारी , क . के पि  ओली , क . झलनाथ खनाल ,चंद्र प्रकाश मैनाली , आर के मैनाली,घनेंद्र बस्नेत ,नरेश खरेल   लगायात धेरै जाना पन्च्याती राज को सिकार हुनु भयो  /क.राम नाथ दाहाल ,बीरेंन राजबंशी ,जीबन घिमिरे लगायत योद्धा हरु लाइ सुखानी ,झापा को जंगल मा लगी ह्त्या गरियो /क.मोहन चन्द्र अधिकारी ले १७ बर्ष जेल जीबन ,क के पि ओली ले १४ बर्ष ,आर के मैनाली ले १४ बर्ष ,क.घनेंद्र बस्नेत लघभग १२ बर्ष ,क.नरेश खरेल लघभग १४ बर्ष अत्यंत कठोर -यातना पूर्ण जेल जीबन बिताऊंन बाध्य पारियों र क . जे एन खनाल लगायत धेरै नेता हरुले कठोर जेल तथा भूमिगत जीबन जियूंन बाध्य पारियों /१९७६ आर्थात २०३३ तीर co-ordination  कमिटी (मा ले ) ले बिस्तारै संगठन बिस्तार गर्दई  थियो ,पुष्पलाल को पार्टी परित्याग गरी तत्कालीन भूमिगत ने क पा  मा ले को लाइन ठीक छ भनी १९७८ मा आफ्नो संगठन मुक्ति मोर्चा र मा ले (को के ) को एकीकरण  भयो र कोमरेड भंडारी तत्कालीन मा ले को  के क सदस्य हुनुभयो/

सादा जीबन सैली /इमानदार चरित्र:-
 नेपालका वामपंथी शक्ति, प्रजातान्त्रिक सक्ती र राष्ट्रवादी शक्तिहरुले जननेता भंडारीबाट सिक्नु पर्ने विषय धेरै छ्न् । उहाँ सिद्धानतमा अडिग हुनुहुन्थ्यो , कार्या निति तय गर्दा जैले पनि जनता र देशको स्वार्थ हेर्नुहुन्थ्यो र आर्थिक रूपमा उहाँ कुनै कुरामा बिबादमा आउम्ँनु भएन । त्यत्रो पाटकिो महासचिव जस्तो सक्तिसाली पद ग्रहण गर्दा पनि सामान्य डेरा मा बस्नु हुन्थ्यो । काठमाडौंमा उहााको कुनै घर थिएन /

बर्ग विश्लेषण र वर्ग वीचको अन्तार्बिरोध र त्यसको निकास :-
जाती , भाषा , अर्थ , संस्कृति , रितिरिबाज , भेष भुषा सम्बन्धी उहाँको राम्रो अध्ययन थियो । सामन्त, शोसक तथा त्यसलाइृ सहयोग गर्ने दलालप्रति अत्यन्तै कडा ढंगले प्रस्तुतु हुनुहुन्थ्यो ।सादा पोसाक , प्राय कालो भादगाउँले टोपी , सामान्य चस्मा , जाडोमा सस्तो तर सफा जाकेट , प्राय जिल्ला जांदा पैदलै हिडने तथा जनतासँग अत्यन्तै राम्रो सम्बन्ध राख्न सक्ने खूवी उहाँमा थियो नै ।

स्पस्ट बर्ग बिस्लेसन र ब्याबरिक कार्यनीति
पहिलो  दशैंमा भूमिगतबाट निस्केपछि सायद २०४८ सालमा मोरंग इतहरामा परिवार संग दशैं मनाउने कार्यक्रम आउँदा सानो् कार्यक्रम माझउहाँले मध्यम बर्गिया किसानहरुको जग्गा कब्जा गर्ने हाम्रो निति होइन । ८ -१० बीगा जग्गा ठुलो परिवारको जग्गा सोस्छ भन्ने भ्रम नराख्नुस् । यी त विरोधीहरुले चलाएका हल्ला मात्र हुन् । हामी एक जना व्यक्तिको नाउँमा भएको ५०० बीघा जग्गा ,१००० बिग्गा जग्गा जून उब्जनी नगरी राखेको छ त्यस्ता सामनतहरुको जग्गा हामी निश्चित रूपमा भूमिहीन किसान जसको सोही ठाउँमा एक धूर जग्गा छैना उनिहरुलाई निशुल्क बाँड्ने चाँहि निश्चित हो, हाम्रो सत्ता आएपछि भने पछी झापा मोरंग का थुप्रो मद्यम बर्गिय परिवारहरु जो आफ्नो जग्गा लैजजन्छ भनेर कम्युनिस्ट नबनेका व्यक्तिहरु अहिले सोही पार्टीको गाउको नेता छ्न् उहाँमा स्पस्ट पार्ने र जनताहरुलाई उनीहरुको मुद्दाको विषयमा छर्लङ हुने गरि गाउँले भाषामा नै भनेर संगठनप्रति आकर्षण गर्ने क्षमतामा उहाँमा अति नै थियो । यो आमसभामा म पनि सहभागी भएको एउटा घटना स्मरणको लागि राखेको हुँ । 

 बामपंथी /लोकतान्त्रिक सक्ती हरुले सिक्नु पर्ने कुरा
अहिलेको परिस्थितमा राष्ट्रिय एकताको लागि सम्पूर्णा बामपंथी पार्टी ,लोकतान्त्रिक पार्टी , रास्त्रबादी , देशभक्त, जातिय अधिकारवादीहरु, भाषिक अधिकारवादी, सांस्कृतिक आधिकारबादिहरू, धार्मिक अधिकार्बदीहरुले जननेता मदन भण्डारीबाट सिक्ने वेला आएको छ र त्यसबाट सही मानेमा उनीहरु प्रति श्रद्धाञ्जली हुनसक्छ ।
 अहिले को सबै राजनैतिक सक्ति हरु को मुख्य कार्यभार सहमति को राजनीति को बिकाश गारी सहमति कै आधारमा रही नया नेपाल को निर्माण को लागी नेपाल को आमूल परिबर्तन को लागी रास्ट्रीय सहमति निर्माण गर्ने सनातिना कुरा हरु मा नअल्मली    प्रतिकृयाबादी  एथास्थितिबदी हिजोका पुनारूथान्बादी हरु लाई फेरी उठने बाताबरण नबनाउन को लागी ठूलो कुरो लीन को लागी सनातिना कुरा मा नल्मलिन  राजनैतिक सक्ति हरु ले बेला आएको  छ /यो अबस्था लाई हामी नेपाली ले अझै  प्रयोग नगर्ने हो भने नेपाल फेरी पनि पुरानै   नेपाल हुनेछ/

सहमतिको साझा सबाल
मुलुक अहिले पनि सङ्क्रमणकालबाट अघि बढ्दैछ । गणतंत्र अत्यन्तै कमजोर अवस्थामा छ त्यसो हुनाले यो समय सम्पूर्ण राजनैतिद दल तथा सरकार सानातिना कुराहरुमा अडकिने होइन कि राष्ट्रिय सहमतिकासझा सहमतिका विन्दुहरु पत्ता लगाइ राज्य संचालन गर्ने हो / आम सहमति मा नया संभिधान निर्माण गर्ने -घोसणा गर्ने -लागू गर्ने ,सान्ती प्रक्रिया का बांकी काम सम्पन्न गर्ने ,शासकीय स्वरुप तैयार गर्ने , राज्य को बैज्ञानिक पुनर्संरचना गर्ने ,भय -डर -त्राश रहित केंद्रीय ,प्रदेश र  स्थानीय निकाय का निर्बाचन का काम सम्पन्न गर्ने , सामाजिक-आर्थिक पुनःसंरचना गर्ने र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने । तिनीहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्ने काममा लाग्नुपर्ने कुरालाई हामी सबैले आत्मासाथ गर्नुपर्ने अबस्था हो । 

कमरेड मदन भण्डारीले जहिले पनि जनताको सर्वोच्चता र आमूल परिवर्तनलाई जोड दिनुभएको थियो।सबै प्रकारका तानाशाही त्रास धम्की र एकदलीय निरंकुशतालाई मदन भण्डारीले सदैव विरोध गर्नुभयो । । मदन भण्डारीको लोकतान्त्रिक मान्यता र आचरणलाई व्यवहारमा उतार्दै  अघि बढ्न   मदन-आश्रित स्मृति दिवसले हामीलाई प्रेरणा दिन सकोस् भन्दै म मदन भण्डारी र जीवराज आश्रितप्रति हार्दिक श्रद्धाजली अर्पण गर्दछु ।
सन्दर्भ  सामग्री 
१) मदन भंडारी को बहुदलीय जनबाद बारे 
२)मदन स्मृत्ति प्रतिष्ठान ,नेपाल 
३)ने क पा ए मा ले का प्रकासन 
४)मदन भंडारी का बिभिन्न समारोह मा ब्यक्त बिचार






नारायण प्रसाद अधिकारी ,बेल्जियम 
narayanadhikari20@hotmail.com
 (गत साल अरब लगायत Nepal, अमेरिका ,europe का web पत्रिका मा प्रकाशित यो लेख  संपादन सहित पुन प्रकासन गरिएको छ  ,यो ब्याक्तिगत आधारमा लेखिएको बैचारिक लेख हो संगठन को प्रतिनिधित्व गर्दैन )







Posted by Butwalonline on 8:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जन नेता मदन भंडारी को जबज, चुनौती र रास्ट्रीय सहमति"

Leave a reply