|

मगर विद्यार्थी संघमा नयाँ नेतृत्व

प्रेमकान्छा मगर,पाल्पा चैत्र २० -। नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति पाल्पाले सातौ जिल्ला अधिवेशन सम्पन्न गरेको छ । शनिवार पाल्पाको तानसेनमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले पुनः धनि सारुमगरको अध्यक्षतामा नयाँ जिल्ला तदर्थ समिति गठन गरेको हो । त्यसै गरि उपाध्यक्षमा प्रेम वगाले, सचिवमा शम्शेर सारु, सहसचिवमा झमन गाहा, कोषाध्यक्ष ओवी सरा कनौजे रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल मगर विद्यार्थी संघ केन्द्रिय अध्यक्ष रेनुका काउचा मगरले "तोकिएकै समयमा संविधान नबन्ने तथा बनि हालेमा पनि मगर विद्यार्थी तथा आदिवासी जनजातीहरुको पक्षमा संविधान नबन्नेमा शंका ब्यक्त गर्नुभयो ।" उहाँले भन्नुभयो  "सरकारले बहुभाषा शिक्षा प्रणालीलाई बैज्ञानिक तवरबाट लागु गर्न जोड दिनु पर्छ ।"

त्यसै गरि संगठन सचिब दिनेश राना, नेपाल मगर संगका केन्द्रिय सदस्य मोहन राना, सल्लाहकार हरिबहादुर सारु, वल बहादुर गाहा, लालकुमारी राना, दोलख रासकोटी, अचल सचिब दर्ुगा ढेँगा, आदिले मन्तब्य राख्नुभएको थियो ।सोहि अबसरमा उत्कृष्ट तीन  मगर विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।  कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा ल्याए वापत, तानसेन बहुमुखी क्याम्पसको शिक्षा शास्त्र संकायमा र्सवाेत्कृष्ट पुनम राना, तानसेन बहुमुखीकै ब्यवस्थापन संकायकामा र्सवाेत्कृष्ट यूवबहादुर गाहा र जेभिटि कलेज पाल्पाबाट शिक्षा शाष्त्र संकायमामा उत्कृष्ट रोश्नी रानालाई सम्मान गरिएको हो । पुनम राना यसै संघका निर्वातम उपाध्यक्ष हुनुहुन्थ्यो ।उपाध्यक्ष पुनम रानाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम  सचिव शम्शेर सारु तथा अध्यक्ष धनि सारुको अध्यक्षतामा चलेको थियो ।

Posted by Anonymous on 6:39 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मगर विद्यार्थी संघमा नयाँ नेतृत्व"

Leave a reply