नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसको वार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
आम्सट्रडाम, चैत्र २० -नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसको वार्षिक साधारण सभा तथा स्वर्गिय महान नेता द्वय कृष्ण प्रसाद भट्टराई र गिरीजा प्रसाद कोइरालाको क्रमश: प्रथम र द्धितिय स्मृतिदिवस कार्यक्रममा प्रमुख अतिथ्यमा युरोप भ्रमणका शिलशिलामा स्विजरल्याण्ड आउनु भएका नेपाली कांग्रेसका वर्तमान केन्द्रिय सदस्य तथा पुर्व महामन्त्री एवं संविधान सभाका सदस्य विमलेन्द्र निधिको उपस्थितिमा मार्च २७ तारिखका दिन नेदरल्याण्डसको स्थानिय शहर आम्स्टडाममा भब्य रुपमा सम्पन्न भयो। उक्त वार्षिक साधारण सभा तथा नेता द्वयको स्मृति सभामा नेदरल्याण्डस स्थित रहेका अधिकांस सामाजिक तथा राजनैतिक संघ सस्थाका प्रतिनिधिहरुको उलेख्य उपस्थिति रहेको थियो।
सो वार्षिक साधारण सभा तथा नेता द्वयको स्मृति सभामा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसका बरिष्ठ उपाध्यक्ष दिपक रेग्मीले स्वागत मन्तब्य राख्नु भएको थियो भने, भुटनीज कम्युनिटीका अध्यक्ष डि.पी.मैनालीले नेपालमा रहेका भुटानीहरुले भोग्नुपरेका समस्याका बारेमा नेपाल सरकारले अल्ली चासो नराखेको गुनासो गर्दै नेपाल सरकारले आफ्नो देश भुटान फर्कन चाहने नेपालकै क्याम्पमा रहेका भुटानीहरुलाई सहजरुपमा फर्कने बाताबरण मिलाइदिनुहुन् आग्रह गर्दै, हाम्रो पुर्खा पनि नेपालीहरुनै भएकोले हामीले नेपाल प्रति चासो राख्नु स्वाभाविक भएको जिकिर गर्दै अहिलेको परिप्रेक्षमा नेपाल र नेपालीको हितमा नेपाल सरकारले कुनै पनि काम गर्न नसकेकोमा दुख ब्यक्त गर्नु भएको थियो।
जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष गंगाधर गौतमले नेपाली जनसम्पर्क समिति नेदरल्याण्डस ले गर्न लागेको "शान्तिका लागी शिक्षा" परियोजना राजनैतिक संघ सस्थाले आफ्नो पार्टीको हितको लागि मात्र नभई आफ्नो देश बिकासमा पनि बिशेस भूमिका खेल्न सक्ने राम्रो उदाहरण प्रस्तुत गरेको छ भन्दै यो अतिनै राम्रो काम भएकोले "शान्तिका लागी शिक्षा" परियोजनाको सफलताको कामना गर्नु भएको थियो।
एन.आर.एन.नेदरल्याण्डसका अध्यक्ष नारायण प्रसाद आचार्यले दोहोरो नागरिकताको बारेमा बोल्दै गैर आवासीय नेपाली समुदायको आवाजलाई संविधानमा लिपिवद्ध गराउन संविधान सभासम्म पुर्याउने एक अवसरको रुपमा कार्यक्रमलाई नेदरल्याण्ड बासि नेपालीले लिएका छन भन्दै नेपालको अस्थिर राजनैतिक अवस्था, संविधान तथा शान्ति प्रकृया तार्किक निष्कर्षमा नपुगेकोले गैर आवासीय नेपाली समुदायको आवाज संविधान सभाका सदस्य विमलेन्द्र निधि दाजु मार्फत नेपाल सरकारमा पुगोस भन्ने आशाभएको प्रष्ट पर्नु भएको थियो।
प्रमुख अतिथि नेपाली कांग्रेसका वर्तमान केन्द्रिय सदस्य तथा पुर्व महामन्त्री एवं संविधान सभाका सदस्य विमलेन्द्र निधिले अहिले सम्म नेपाल सरकाले भए गरेका काम कारबाहीको बारेमा गैर आवासीय नेपाली समुदाय नेदरल्याण्डसलाई जानकारी गराउदै, नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसले गर्नलागेको "शान्तिका लागी शिक्षा" परियोजना अति नै राम्रो काम भएकोले उक्त प्रोजेक्ट को सफलताको कामना गर्दै अध्यक्ष ठाकुर प्रसाद शर्मा लाई धन्यवाद समेत दिनु भएको थियो। उहाँले अगाडी भन्नु भयो पहिले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने, हतियार ब्यबस्थापन, लडाकु ब्यबस्थापन अनि मात्र संबिधान निर्माणमा लाग्नुपर्नेमा नेपाली कांग्रेस अडिग रहेको बताउदै यस्तो काम हुन नदिन माओबादीलेनै नमानेको मा दुख ब्यक्त गर्नु भयो, उहाँले अगाडी भन्नु भयो क्याम्पमा रहेका लडाकुहरु भन्दा वाई.सी.एल.मा रहेका लडाकुहरुलाई बढी हातहतियार तथा तालिम दिएको छ माओबादीले, यस्तो हिसाबले शान्ति प्रक्रिया कसरी टुंगोमा पुग्ने? जब सम्म शान्ति प्रक्रिया टुंगोमा पुग्दैन तब सम्म नेपालमा संबिधान बन्न नसक्ने बताउनु भयो।
वार्षिक साधारण सभा तथा नेता द्वयको स्मृति सभा ढिलै सुरु भएतापनि नेपाललाई माया गर्ने नेपालीहरुको भिडमभाडले हलनै खचा खच भरियाको थियो।
उपाध्यक्ष डम्बर कुमार कोइरालाले नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसले गर्नलागेको "शान्तिका लागी शिक्षा" परियोजना प्रोजेक्ट प्रस्तुत गर्नु भएको थियो भने, कोषाध्यक्ष प्रेम शिंग गुरुङले बार्षिक आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो। भने समितिका महामन्त्री शिब गुरुंगले कार्यक्रमको संचालन सहित जनसम्पर्क समिति नेदरल्याण्डसको बार्षिक प्रतिबेदन समेत प्रस्तुत गर्नु भएको थियो।
अध्यक्ष ठाकुर प्रसाद शर्माले अन्तमा भन्नु भयो नेपाली कांग्रेस केन्द्रीय समितिले विश्व भरि रहेका नेपाली जनसम्पर्क समितिहरुलाई हेर्ने नजर फरक फरक रहेको जिकिर गर्दै, केन्द्र को महाअधिबेशनमा सम्पूर्ण जनसंपर्क समितिहरुलाई सहभागी गराउनेमा किन कन्जुस्याई गरिन्छ? जबकि २/३ सय जना नेपालीहरु भएको ठाउंको नेपाली जनसम्पर्क समितिले ५ सय सक्रिय सदस्यता वितरण गर्नै सक्दैन! यस्तो अबस्थामा केन्द्रले के गर्छ त? केन्द्र को महाअधिबेशनमा किन सहभागी हुन नसक्ने त? यस्तै यस्तै प्रश्न को बौछार गर्नु भएको थियो केन्द्रिय सदस्य तथा पुर्व महामन्त्री एवं संविधान सभाका सदस्य विमलेन्द्र निधिलाई। जनसम्पर्क समिति बलियो भयो भने पार्टी बलियो हुन्छ तर कसरी हुन्छ? जबकी केन्द्रले जनसम्पर्क समितिलाई कुनै भूमिकानै दिदैन भने, उंहाले अन्तमा बिस्वमा छरीएर रहेका नेपाली जनसम्पर्क समितिहरुलाई पार्टीले बिशेस महत्वका साथ जिम्बेवारी प्रदान गरोस भन्ने आशाका साथ कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिंदै, "शान्तिका लागी शिक्षा" परियोजनालाई सफलता पुर्बक सम्पन्न गर्नको लागि नेदरल्याण्डस तथा विश्वभर छरिएर रहनु भएका नेपाली हरुलाई आर्थिक, भौतिक, तथा नैतिक सहयोग को लागि अपिल गर्दै कार्यक्रम समाप्त भएको घोषणागर्नु भएको थियो।