|

पूर्वराजालाई जेल हाल्ने माधव नेपालको चेतावनी


काठमाडौं, वैशाख २ - पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्रविरुद्ध ‘चलखेल’ गरे पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्ने चेतावनी दिएका छन् ।
राजधानीमा शनिबार आयोजित एक पार्टी कार्यक्रममा नेता नेपालले प्रतिगमनकारी गतिविधि बन्द गर्नसमेत ज्ञानेन्द्रलाई सुझाव दिए । ‘अहिले त सेनाको सुरक्षा मात्र हटाइएको छ, परि आए सशस्त्र प्रहरीको पनि हटाइन्छ,’ उनले पूर्वराजालक्षित गर्दै भने, ‘यस्तै गतिविधि गरे सिधै जेल पठाइन्छ ।’
नेता नेपालले पूर्वराजाको सुरक्षा गरेका सेना हटाउनुलाई सामान्य प्रक्रिया भनी टिप्पणी गरे । सरकारले शाहलाई दिँदै आएको नेपाली सेनाको सुरक्षालाई हटाएर बिहीबार सशस्त्र प्रहरी बलका प्रहरी नायव अपरीक्षकको नेतृत्वमा ५० जना खटाएको थियो ।
नेता नेपालले माओवादी लडाकुको योग्यता पुगे जुनसुकै पद दिँदा पनि फरक नपर्ने उल्लेख गरे । उनले माओवादी लडाकुमात्र नभइ योग्यलाई जुनसुकै ठाउँमा पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
नेता नेपालले बैशाख १५ भित्र नयाँ संविधानको मस्यौदा बनाउन सके जेठ पहिलो साता नै नयाँ संविधान जारी गर्न सकिने बताए । ‘बैशाख १५ मा मस्यौदा आए दुई हप्ता जनतामाझ लैजाने समय दिनुपर्छ,’ उनले भने, ‘त्यसो हुँदा जेठ पहिलो साता नै नयाँ संविधान तयार हुन्छ, जेठ १४ पनि कुर्नु पर्दैन |
स्रोत :कांतिपुर 

Posted by Butwalonline on 5:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पूर्वराजालाई जेल हाल्ने माधव नेपालको चेतावनी"

Leave a reply