|

लडाकु समायोजनमा विवादित थप चार विषयमा पनि सहमति


काठमाडौं, वैशाख २ - माओवादी लडाकु समायोजनमा विवादित थप चार विषयमा पनि सहमति भएको छ ।कार्यदलले गरेको सात बुँदे सहमतिलाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुसहितको सेना समायोजन विशेष समितिको बैठकले पारित गरेको छ । ‘अब सेना समायोजनमा कुनै विवाद रहेन,’ बैठकपछि विशेष समिति सदस्य एमाले नेता भीम रावलले भने, ‘माओवादी सेनाको समायोजन अगाडि बढाउने बाटो खुलेको छ ।’लडाकु शिविर नेपाली सेनालाई जिम्मा दिए पनि विशेष समितिमा समायोजन हुनेको दर्जा, मापदण्ड, छनोट समिति र महानिर्देशनालयमा सहमति जुट्न सकेको थिएन । विवादित विषयको टुंगो लगाउने जिम्मा माओवादीका वर्षमान पुन, कांग्रेसका मिनेन्द्र रिजाल, एमालेका भीम रावल र मधेसी मोर्चाका जितेन्द्र देवलाई दिइएको थियो । कार्यदलले यी विषयमा दुई दिन गृहकार्य गरी सहमति गरेको थियो ।
स्रोत :कांतिपुर 

Posted by Butwalonline on 5:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लडाकु समायोजनमा विवादित थप चार विषयमा पनि सहमति"

Leave a reply