|

अमेरिकामा गुड्दै गरेको कारबाट हामफालेर एक नेपालीको मृत्यु


काठमाडौँ , चैत्र २२ - अमेरिकास्थित सिकागोको आमोड सहरमा गुड्दै गरेको कारबाट हामफालेर एक नेपालीको मृत्यु भएको छ ।विगत दश वर्षदेखि सिकागोमा बस्दै आएका दिनेश श्रेष्ठ (अमात्य) ले हामफालेका थिए । सो गाडी उनको श्रीमतीले चलाएकी थिइन् ।
श्रेष्ठले श्रीमतीसँग केही कुरामा विवाद भएपछि कारबाट हामफालेको बुझिइएको छ । उनीहरुबीच के विषयमा विवाद भएको हो थाहा हुन सकेको छैन ।
श्रेष्ठलाई घाइते हुनासाथ सेन्ट मार्गरेट अस्पतालमा लगिएको र पछि एडभोकेट क्राइस्ट मेडिकल सेन्टरमा हस्तान्तरण गरी उपचारका क्रममा नै त्यहाँ उनको मृत्यु भएको थियो ।
उनको अन्तिम संस्कार उनकी श्रीमतीले गरेको उनको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठको नेपालमा जेठी श्रीमती र दुई छोरा पनि छन् ।
स्रोत :कांतिपुर दैनिक 

Posted by Butwalonline on 5:32 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अमेरिकामा गुड्दै गरेको कारबाट हामफालेर एक नेपालीको मृत्यु"

Leave a reply