राजधानीका चार स्थानमा सार्वजनिक बसमा बम
काठमाडौं, चैत २२- राजधानीका चार स्थानमा सार्वजनिक बसमा बम फेला परेको छ। जोरपाटीको नाम्ग्याल चोक, स्वयम्भु, कपन र चावहिलमा यात्रुबाहक बसमा बम फेला परेको हो।
बम राखिएका सबै स्थानमा नेपाल कम्युनिष्ट पार्टी पिपुल्स वार ग्रुपको पर्चा फेला परेको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी धिरजप्रताव सिंहका अनुसार जोरपाटी र कपनको बम निस्क्रिय गराइएको छ। चावहिलको बम निस्क्रिय पारिँदैछ। 'दिउसो साढे १२ बजेदेखि बम फेला पर्न थालेको हो', सिंहले भने- 'अहिलेसम्म तीन ठाउँमा तीन बम भेटिइसके।'
यसैगरी स्वयम्भुमा प्रहरीले एक राउन्ड गोली चलाएको छ। लागू औषध कारोबारी पक्राउ गर्न गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर रोशन शाही नाम गरेका व्यक्ति घाइते भएका छन्। महाशाखा स्रोतका अनुसार लागू औषध 'डिल' भइरहेको सुराकीको आधारमा घटनास्थलमा पुगेको प्रहरीमाथि आक्रमण प्रयास भएपछि प्रहरीले प्रतिरक्षाका लागि गोली चलाएको हो। घाइते लागू औषध कारोबारी भएको प्रहरीले जनाएको छ।

स्रोत :नागरिक न्यूज