जापानको स्थानीय पार्कमा एक नेपाली मृतअबस्थामा फेला
टोक्यो,बैशाख-७ । जापानको साइतामा केनको तोदा शहरमा एक नेपाली मृत फेला परेका छन् । रोजगारीको शिलशिलामा केही वर्षअघि जापान पुगेका बागलुङ थाना-३, का योगेन्द्र प्रसाद गैरे गएराती स्थानीय पार्कमा मृत फेला परेको एनआरएन जापानका सदस्य तुलसीराम खरेलले जानकारी दिनु भयो ।
रोजगारीको शिलशिलामा जापान रहेका गैरे नेपाली रेष्टुरेन्टमा काम गर्दै आएका थिए । तर पछिल्लो समय उनी जागिरको खोजीमा भौतारी रहेका थिए । मृतक गैरेका आफन्त पनि जापानमा रहेकाले शव नेपाल पठाउने वा यतै अन्तिम संस्कार गर्ने भन्नेवारेमा बाग्लुङमा रहेका उनका परिवारसंग सल्ला भइरहेको पिडित परिवारले जनाएको छ ।
शवको पोष्टमार्टम भइरहेको जापानी प्रहरीले जनाएको छ । घटनाको वारेमा यर्थात खुल्न सकेको छैन । मृतका वारेमा टोक्इोमा रहेको स्थानीय प्रशासन र त्यहाँस्थित नेपाली दूतावासलाई समेत जानकारी गराइएको छ ।
समाचार ओंलाईन खबरबाट
