|

पोथी कुखुराले अण्डाविहीन चल्ला जन्मायो


कोलोम्बो, वैशाख ७ - अण्डा पहिले कि चल्ला ? यसमा घण्टौं बहस गर्ने गरिन्छ, तर निष्कर्ष निस्कन्न । तर अब चल्ला पहिले भन्नेलाई बहसमा सजिलो भएको छ ।
श्रीलंकाको पहाडी क्षेत्रका एक किसानले पालेको पोथी कुखुराले अण्डाविहीन चल्ला जन्माएको छ । बीबीसीले अण्डा पहिले कि चल्ला भन्ने बहसले नयाँ मोड लिएको टिप्पणी गरेको छ ।
२१ दिनसम्म पोथी कुखुराको पेटमा रहेको अण्डाबाट सोझै चल्ला जन्मिएको वेलिमादाका भेटेरिनरी प्रमुख पीआर यापाले बताएका छन् । यद्यपि आफूले यस्तो कहिल्यै नदेखेको उनको भनाइ छ ।
जन्मिएको चल्ला स्वस्थ्य छ तर माउ भने मरेको समाचारमा जनाइएको छ । पोस्टमार्टम रिपोर्टमा पोथी कुखुराको भित्री अंगमा घाउ भएको पाइएको छ ।
श्रीलंकाको दैनिक अखबार श्रीलंका डेलि मिररले 'पहिले चल्ला, अण्डा होइन' शीर्षकमा खबर छापेको छ ।
स्रोत :कांतिपुर न्यूज 

Posted by Butwalonline on 5:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोथी कुखुराले अण्डाविहीन चल्ला जन्मायो"

Leave a reply