|

युथ फोर्सका कार्यकर्ताले नेविसंघका विद्यार्थीमाथि खुकुरी प्रहार

काठमाडौं, वैशाख ७- चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा युथ फोर्सका कार्यकर्ताले नेविसंघका विद्यार्थीमाथि खुकुरी प्रहार गरेका छन्। पल्सर बाइकमा आएका १० जनाले क्याम्पस हातामा बसिरहेका नेबिसंघ विद्यार्थीलाई खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारले एक दर्जन विद्यार्थी घाइते भएका छन्। हतियारसहित आएका उनीरुहले गोली फायरिङसमेत गरेको नेबिसंघको आरोप छ।


नेबिसंघका रमेश खड्का र अर्जुन भण्डारी ओम नर्सिङ अस्पतालको आइसियुमा भर्ना भएका छन्। खड्काको टाउको ३५ वटा टाका लागेको र दुबैको अवस्था गम्भीर रहेको सम्बन्धित डाक्टरलरले बताएका छन्। जगन्नाथ दुलाल, महेश काफ्ले, रोशन श्रेष्ठ, सञ्जय श्रेष्ठ, रामकुमार सिग्देल, गोपी सिवाकोटीलगायतका विद्यार्थी घाइते छन्। उनीहरुको उपचार पनि ओम नर्सिङमै भइरहेको छ।
'दुई पक्षबीच सामान्य विवाद भएको थियो,'पल्सरमा आएका ती समूहले हाम्रा विद्यार्थीमाथि आक्रमण गरे।' उनले प्रहरीकै मिलेमतोमा कुखुरी प्रहार भएको आरोपसमेत लगाए। 'घटना भएको बेला त्यहाँ प्रहरीको पनि उपस्थिति थियो,' उनले भने, 'प्रहरी संग्लनता नभए कलेजमा आएर गोली फायरिङ गर्न सक्छ?, कलेजमा आएर निर्घात कुखुरी प्रहार गर्न सक्छ?' उनको प्रश्‍न थियो।अधिकारीले दोषीलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिए।
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 5:34 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युथ फोर्सका कार्यकर्ताले नेविसंघका विद्यार्थीमाथि खुकुरी प्रहार"

Leave a reply