|

विश्व साइकल यात्री सौरभ दाहाललाई चितवन समाज युएई को सम्मान तथा शुभकामना

निमकान्त पाण्डे,दुबई,वैशाख ९-कठिन साईकल यात्रामा संसार जित्ने र संसार भर नेपाल र नेपालीलाई चिनाउदै विश्व शान्तिको कामना गर्ने महान अभियान लिएर युएईको शहर दुबईमा आइपुगेका विश्व साइकल यात्री सौरभ दाहाललाई यूएईमा रहेका चितवनबासीहरूको साझा संगठन चितवन समाज यु ए ई को तर्फबाट सम्मान तथा शुभकामना प्रदान गरिएको छ । अप्रिल २० तारिख शुक्रबारका दिन बरदुबईमा (नेपाली चोक को नाम बाट नेपालीहरू माझ परिचित) पार्कमा अयोजीत चितवन समाज कार्यसमितीको प्रथम पूर्ण बैठकको अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा साइकल यात्री दाहालले आफ्नो अभियानको उद्देश्य तथा यात्राका क्रममा आफूले भोगेका अनुभबहरु सेयर गर्नु भएको थियो । गौतम बुद्धको जन्म स्थल लुम्बिनी नेपालको बारेमा विश्वलाई जानाकारी दिंदै नेपालका गरीब तथा असाहाय बालबालिकाहरूको शिक्षाको लागि सहयोग जुटाउँदै हिंडेका दाहाललाई चितवन समाज यु ए ई का तर्फबाट अध्यक्ष अरुण सुबेदीले सम्मान तथा आर्थिक सहयोग प्रदान गरिएको थियो । सम्मान तथा सहयोग ग्रहण गर्दै विश्व साइकल यात्री दाहालले यो सम्मानले आफ्नो अभियानमा अझ प्रोत्साहन मिलेको भन्दै चितवन समाज यु ए ई लाई धन्यवाद ज्ञापन गर्नु भएको थिए। समाजको आर्थिक सहयोग बाट प्रभाबित भएर कार्यक्रममा उपस्थित थुप्रै नेपालीहरूले दाहाललाई ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने क्रम शुरु भएको देखिन्थ्यो। शुक्रबार छुट्टीको दिन नेपालीहरूको बाक्लो उपस्थिती रहेको क्षेत्र भएकोले उनलाई भेट्ने र तस्बिर खिच्नेहरूको ठुलो भिड जम्मा भएको थियो।

 यसै बिच चितवन समाज यु ए ई को नवगठित कार्यसमितीको पहिलो पूर्ण बैठक समाजलाई बिस्तार गर्दै समाजलाई यु ए ई मा रहेका सम्पुर्ण चितवनबासी नेपालीहरूको माझमा स्थापित गराउन बिभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ। बैठकले समाजका सदस्यहरूलाई आइपर्ने बिभिन्न समस्याहरू समाधान गर्न समाजको तर्फबाट पहल गर्ने र आर्थिक सहयोगका लागि कल्याणकारी कोषको संचालन गर्ने समेत निर्णय गरेको छ। हरेक महिनाको दोश्रो शुक्रबार समाजको भेटघाट तथा बैठक हुने भएकोले उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको छ ।



Posted by Butwalonline on 8:53 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विश्व साइकल यात्री सौरभ दाहाललाई चितवन समाज युएई को सम्मान तथा शुभकामना"

Leave a reply