हजारौँ लिटर मट्टितेल र टयाङ्कर जलेर नष्ट
हेटौँडा, वैशाख ७- बारा जिल्लाको अमृतगन्जबाट मट्टीतेल लिई काठमाडौँतर्फ जान लागेको ना२ख ४०९ नं. को ट्याङ्कर पल्टिँदा हजारौँ लिटर मट्टितेल र टयाङ्कर जलेर नष्ट भएको छ।पूर्वपश्चिम राजमार्गको बसामाडी-३ को लेवतमा आज राति २ बजे अनियन्त्रित भई पल्टिँदा ६ हजार मट्टीतेल र ट्याङ्कर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।ट्याङ्करमा लागेको आगो निभाउन हेटौँडाबाट गएको वारुणयन्त्र र स्थानीय बासिन्दाले सहयोग पुर्याएका थिए।ट्याङ्करका चालक सामान्य रुपमा घाइते भई हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस
स्रोत :नागरिक न्युज
