कतारमा पानी जहाज दुर्घटनामा मृत्युहुने १२ नेपालीका परिवारलाई क्षतिपुर्ति हस्तान्त्रण
बाग्लुङ, चैत २९- कतारमा पानी जहाज दुर्घटनामा परि मृत्यु भएका १२ नेपालीका परिवारलाई परराष्ट्र मन्त्रालयले क्षतिपुर्ति बापतको रकम हस्तान्त्रण सुरु गरेको छ। सन् २००९ जुन ३० मा दोहाको पर्सियन सागरमा पानीजहाज दुर्घटना हुँदा मृत्यु भएका आफन्तलाई रकम प्रदान गर्न थालेको हो।
कतारको पुनरावेदन अदालतले कम्पनीको विरुद्ध दायर मुद्दामा जनही ४०लाख रुपैयाँ( कतारी रियाल २ लाख) दिने फैसला गरेको थियो। अदालतको आदेशपछि एचबीके पावर क्लिनिङग कम्पनीले रकम दिएपछि पीडितको परिवारलाई रकम दिन थालिएको हो।फैसला भएको करिव १० महिनापछि कतारमा रहेको नेपाली दुतावास मार्फत रकम आएपछि मृतकका आफन्तलाई रकम दिन थालिएकोे परराष्ट्र मन्त्रालयले जनाएको छ। कम्पनीले मृतकका प्रति परिवार २ लाख कतारी रियल दिएको भएपनि मुद्दा लड्दा लागेको खर्च कटाएर १२ मृतकका आफन्तलेे ३३ लाख २८ हजार ४सय १७ रुपैयाँका दरले ३ करोड ९९ लाख ४१ हजार ४ रुपैयाँ पाउने भएका छन्। पीडितको तर्फबाट कतारका अधिवक्ता मोना अब्दिल रहिमले अदालतमा मुद्दा लडेकी थिईन्।
क्षतिपुर्ती बापतको रकम सम्बन्धित जिल्ला प्रशासनलाई खवर गरेर प्रदान गर्न थालेको परराष्ट्र मन्त्रालयका आर्थिक प्रशासन शाखाका अधिकृत ज्ञानेन्द्र रिमालले बताए। ' १२ मृतकको क्षतिपूर्तीको रकम आई सकेको छ,' अधिकृत रिमालले भने,' दुई मृतकका आफन्तलाई मंगलवार(आज)रकमको ड्राफ हस्तान्त्रण गर्यौँ।' 'अन्यपनि आउनासाथ प्रक्रिया पुर्याएर रकम दिन्छौँ,' उनले भने। दुर्घटनामा छिस्ती-१,बाग्लुङका लिलाराम पौडेल र कुर्घा-३ पर्वतका ऋषिप्रसाद शर्मा पौडेलका श्रीमतिले विहिवार ड्राफ बुझेका हुन्। '३३ लाख २८ हजार ४सय १७ रुपैयाँको ड्राफ बुझेको मृतक पौडेलका भतिज गोपाल पौडेलले बताए। सो ड्राफ लिएर आएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले रकम बुझाउने छ।
दुर्घटनामा बाग्लुङका पौडेल, पर्वतका शर्मा सहित फेटा-८, बाराका मेहदी हुसेन मिया, कठकुजा-१ बांकेका अव्वास अहमद सई, दिभर्ना-३ अर्घाखांचीका मानसिंह खत्री, हापुरे-२ दाङका शंकर विष्ट, जौलीपोखरी-८ रोल्पाका जयबहादुर पुन मगर, हप्सेकोट-८ नवलपरासीका घनश्याम सार्की, वगडा-६ महोत्तरीका शेषनाथ यादव गुम्दी-५ धादिङका गंगाबहादुर गुरुङ, गैडाकोट-१ पाल्पाका तिलकबहादुर खम्चा ,सुगाभवानी-५, महोत्तरीका राजीवकुमार दत्तको मृत्युभएको थियो। सो घटनामा मृतक कामदारका पक्षमा त्यहाँको सिभिल अदालतले सन् २०११को जनवरी २६मा फैसला गरेपछि कम्पनी पुनरावेदन अदालतमा गएको थियो। कतारको नागरिक अदालतको फैसलालाई सदर गर्दै पुनरावेदन अदालतले समेत मृतकको पक्षमानै फैसला सुनाएको थियो। जहाज दुर्घटनापछि भएको अनुसन्धान पश्चात अदालतले इन्डोनेशियन क्याप्टेनलाई दोषी ठहर गर्दै ५ लाख कतारी रियल र ६ बर्षको जेल सजाय सुनाइसकेको थियो।
विदेशमा काम गर्न गएका आफन्तको दुर्घटनामा मृत्यू भएपछि बिचल्लीमा परेका परिवारलाई केही राहात पुगेको छ। आफन्त गुमाउनु पर्दाको पीडामा क्षतिपुर्तीले रहात पुगेको मृतक लिलाराजकी श्रीमति बालिकाले बताईन्। 'लामो समयसम्म रकम नआउँदा शंका लागेको थियो,' उनले भनिन् भनिन्,' ढिलै भएपनि रकम आयो। बालबच्चा पढाउन सहयोग पुग्ने भयो।' धन कमाउन गएका पतिको मृत्युपछि अरव जाँदा खर्चिएको ऋण खप्टिँदै गएपछि बालिका घरबारी बेच्ने अवस्थामा पुगेकी थिईन्। 'रकम नआउँदा जग्गा बेच्ने अवस्थामा पुगेकी थिएँ,' उनले भनिन्,' अब ऋण तिर्छु।'
स्रोत :नागरिक न्युज