|

काठमाडौंमा भूकम्पको सामान्य धक्का




काठमाडौं, चैत २९ - राजधानी काठमाडौंमा भूकम्पको सामान्य धक्का अनुभव गरिएको छ। अमेरिकन जियोलोजिकल सर्भेका अनुसार इन्डोनेसिया केन्द्रविन्दू भएको ८.७ रेक्टस्केलको भूकम्पको झड्का काठमाडौंसम्म आइपुगेको हो। 


'इन्डोनेसिया केन्द्र भएको भूकम्पको झड्का काठमाडौं सहित नेपालका अन्य भागमा महसुस भएको हो', राष्ट्रिय भूकम्प मापन केन्द्रका भरत कोइरालले भने- 'पूर्वी नेपालमा भूकम्पको झड्का अलि बढी अनुभव गरिएको छ।'
भूकम्पको झड्का बंगलादेश र भारतमा पनि अनुभव गरिएको छ। भूकम्पको खतराका कारण भारतको तमिलनाडु, आन्ध्रप्रदेश र अन्डोमाननिकोबार क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। क्षतिको विवरण आइसकेको छैन।
यसअघि हिन्द महासगरमा सुनामी जाँदा सन् २००४ मा १ लाख ७० हजारको निधन भएको थियो
स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 2:53 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "काठमाडौंमा भूकम्पको सामान्य धक्का"

Leave a reply