5:58 PM | Posted by Butwalonline
कञ्चनपुर,वैशाख १० - स्वैच्छिक अवकाशमा रोजेका एकीकृत माओवादीका लडाकु छ राउन्ड गोलीसहित पक्राउ परेका छन् । डडेल्धुरा घर भएका २२ वर्षीय विनोद नेपालीलाईे आइतवार विहान कञ्चनपुरको कृष्णपुर बजारवाट छ राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।
तालबन्दस्थित माओवादी लडाकु शिविरबाट स्वैच्छिक अवकाशमा आएका नेपालीलाई मदिरा पिएर कृष्णपुर बजारमा झै-झगडा गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्दा गोली बरामद भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक बोधराज ओझाले बताउनुभयो ।
समाचार :ओनलाइन खबर बाट
सम्बन्धित शीर्षकहरु: News

Posted by Butwalonline
on 5:58 PM. Filed under
News
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response