|

दलहरु संबैधानिक अदातलको ब्यवस्था गर्न सहमत


काठमाडौ, वैशाख १० - प्रमुख राजनीतिक दलहरु नयाँ संविधानमा पाँच बर्षका लागि संबैधानिक अदातलको ब्यवस्था गर्न सहमत भएका छन् । उनीहरुले आ–आफ्न अडान छाडेर सहमतिमा पुगेका हुन् । 
'पाँच बर्षका लागि संबैधानिक अदालत राख्ने सहमति भएकोछ' काँग्रेस नेता शेरबहादुर देउवाले संवाददाताहरुसंग भने, 'तर, न्यायधीसहरुको पुनर्नियुक्ति भने गरिने छैन ।' माओवादी र मधेसी दलहरु न्यायधीसहरुको पुनर्नियुक्ती तथा संबैधानिक अदालत हुनुपर्ने र काँग्रेस–एमाले यि दुवै हुन नपर्ने अडानमा थिए ।

यसअघि विवाद समाधान उपसमितिमा संबैधानिक अदालत राख्न दलहरुबीच सहमति भएको भएपनि यसको बिरुद्धमा न्यायधीसहरुले ब्यापक विरोध र लविङ गरेपछि विवाद सुरु भएको थियो । 
आइतवार दोस्रो पटक संविधानसभा भवन नयाँ बानेश्वरमा भएको शीर्ष नेताहरुको बैठकमा उक्त सहमति भएको हो । यसअघि आइतवार बिहान बसेको बैठकमा सहमति नजुटेपछि साँझ फेरी बैठक बसेको थियो । 
त्यसैगरी नागरिकताको विषयमा पनि सहमतिको नजिक पुगेको देउवाले बताए । 
एमाले अध्यक्ष झलनाथ खनालले सशाकीय स्वरुप र राज्य पुनर्संरचनाका विषयमा पनि सहमति ब्यापक छलफल भएको बताए । 'हामीले ब्यापक रुपमा छलफल गरेका छौं' उनले भने भोली बिहान बस्ने बैठकमा यसलाई टुङ्गोमा पुर्याउँछौं ।'
समाचार कांतिपुर दैनिक बाट 

Posted by Butwalonline on 6:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दलहरु संबैधानिक अदातलको ब्यवस्था गर्न सहमत"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु