वनसंरक्षणमा जुटेकी एक महिलाको अतिक्रमणकारीद्वारा दुवै हात काटिए
धनगढी, वैशाख १०- वन संरक्षणमा जुटेकी एक महिलाको वन अतिक्रमणमा संलग्न व्यक्तिले धारिलो हतियार प्रयोग गरी दुईवटै हात काटिदिएका छन्। संरक्षणका लागि वन वरिपरि तारवार लगाइरहेका बेला मालाखेती-६ की नन्दादेवी कुँवरको हात अतिक्रमणमा संलग्न गाउँकै हरि भाटले काटिदिएका हुन।
प्रस्तावित मधुमालती सामुदायिक वनकी अध्यक्ष नन्दादेवी गाउँका ५०/६० जना साथमा लगेर मालाखेती वार्ड नं. २ मा रहेको वन संरक्षण गर्न वरिपरि तारवार बिछ्याइरहेकी थिइन्। वन अतिक्रमण गर्दै आएका भाटलाई तारवार लगाएको चित्त बुझेको थिएन। तारवार लगाइरहेका बेला भाटले हँसिया प्रहार गरे। हातले छेक्दा कुँवरका२ वटै हात काटिए। हँसियाले घाँटीमा हान्न खोजेका बेला हातले छेक्दा हात काटिएको उनले बताइन्।
'वनमा हामी ५०/६० जना तारवार लगाइरहेका थियौं। मैले कल्पना पनि गरेको थिइन्, एक्कासि आएर उसले घाँटीमा हँसियाले हान्दा हातले छेकें। दुवै हात काटिए। 'घाइते कुँवरले भनिन्- मार्न हानेको हो, हातले छेक्दा बाँचे।५०/६० जना भए पनि कोही टाढा रहेका र नजिक भएका पनि हात काटिएको देखेर डरले प्रतिवाद गर्न नसकेको उनले बताइन्। उनका पति भारतमा मजदुरी गर्छन्। घरमा २ छोरी र एक छोरा छन्। उनी घाइते भएपछि घरमा बच्चा बेसहरा बनेका छन्।

एक साताअघि मात्र भाटलाई इलाका वन कार्यालय मालाखेतीले वन अतिक्रमण गरेको आरोपमा पक्राउ गरेर ३ दिन थुनेको थियो। इलाका वन कार्यालय मालाखेतीका प्रमुख भैरव घिमिरेले वन अतिक्रमण गरेकाले भाटसहित २ जनालाई पक्राउ गरेको बताए। वन अतिक्रमण गर्दिन भनेर लिखित कागत बनाएकाले ३ दिनपछि भाटलाई छाडेको उनले बताए। इलाका वन कार्यालयले थुनेको रिस पनि भाटले अध्यक्षमाथि पोखेको बुझिएको छ।
हँसिया प्रहारबाट उनका दुवै हातका हाडसमेत काटिएको छ। उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका डा. नरबहादुर मौनीका अनुसार उनको कुइनो र नाडीको बीचको भागमा हड्डीसमेत काटिएको छ। हँसिया प्रहार गर्ने भाट फरार छन्। प्रहरीले घटनालाई गम्भीरपूर्वक नलिएर दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीयले आक्रश व्यक्त गरेका छन्। स्थानीयले आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीमा पुगेर आक्रोश व्यक्त गरेका थिए। अहिलेसम्म दोषीलाई प्रहरीले पक्राउ गरेको छैन। २ जना प्रहरी मात्र खटाएर प्रहरीले बेवास्था गरेको छ। 'स्थानीय खड्कबहादुर बोहराले बताए। इलाका वन कार्यालय मालाखेतीका प्रमुख प्रहरी निरीक्षक कृष्णानन्द भट्टले प्रहरीले भाटलाई खोजिरहेको र ऊ फरार रहेकाले समात्न नसकेको बताए।