|

अब उच्चमाध्यमिक तहका प्रमाणपत्रमा बिशेष सुरक्षा कवज


ठमाडौँ, वैशाख ७- उच्चमाध्यमिक तहका प्रमाणपत्रमा नयाँ सुरक्षा व्यवस्था लागु गरिने भएको छ। यसबाट उच्चमाध्यमिक शिक्षा परिषद्का कुनै पनि कर्मचारीले ट्रान्सक्रिप्ट, मार्कसिट, माइग्रेसन अथवा प्रोभिजनल सर्टिफिकेटमा उल्लिखित विवरणमा बदमासी गर्ने नियतले सच्याउन पाउने छैनन्। 


परिषद्का कम्प्युटर अधिकृत अभिनव मरहट्टाले एक पटक विवरण 'एन्ट्री' भइसकेको प्रमाणपत्रमा तोकिएको व्यक्तिबाहेक अरु कसैले पनि हेरफेर गर्न नमिल्ने सफ्टवेयर प्रयोग गर्न लागिएको बताए।

एकपटक विवरण 'एन्ट्री' हुनेबित्तिकै प्रमाणपत्र सफ्टवेयरको माध्यमबाट सुरक्षा कवजले घेरिनेछ। कवजभित्र एक जना तोकिएको व्यक्तिको मात्र पहुँच हुनेछ। विवरण हेरफेर गर्न नमिल्ने भए पनि 'क्रस चेक' गर्न माथिल्लो तहको अधिकारीहरूले पाउने व्यवस्था हुने उनले जानकारी दिए। 

परिषद्का क्षेत्रीय कार्यालयहरूमा पनि केन्द्रीय कार्यालयबाटै सुरक्षा कवज लागु गरेर फाइलहरू पठाइनेछ। क्षेत्रीय कार्यालयहरूले उक्त फाइलबाट प्रिन्ट मात्र गर्न मिल्नेछ। प्रमाणपत्रका विवरणहरूमा त्रुटि भएमा सम्बन्धित परीक्षार्थीले सिधा केन्द्रमा निवेदन दिएर सच्याउने व्यवस्था गरिएको छ। 

सफ्टवेयर लागु भएपछि परिषदभित्रैबाट लब्धाङ्कपत्रको अङ्क हेरफेर भएर अनियमितता हुने, दोहोरिएर प्रमाणपत्र तयार हुने तथा एउटा परीक्षार्थीको अङ्क अर्को परीक्षार्थीकोमा देखिनेजस्ता समस्या समाधान हुने उनले दाबी गरे।
- रासस(समाचार नागरिक न्यूज बाट )

Posted by Butwalonline on 4:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अब उच्चमाध्यमिक तहका प्रमाणपत्रमा बिशेष सुरक्षा कवज"

Leave a reply