प्रहरी टोलीकै पेस्तोल खोसेर प्रहरीलाई नै गोलिहाने अपराधीहरुले
बाँके, चैत्र २० - नेपालगन्ज-५ मा ब्राउन सुगर बिक्री भइरहेको भन्ने सूचनाका आधारमा त्यसतर्फ गएको प्रहरी टोलीमाथि आक्रमण भएको छ ।
संगठित रुपमा लागू औषध बिक्री वितरण गरिरहेकाहरुले प्रहरी टोलीकै पेस्तोल खोसेर जाइलागेका थिए । गोली प्रहारबाट प्रहरी जवान अनुरुप पाण्डे घाइते भएका छन् । उनको दायाँ खुट्टामा गोली लागेको छ ।
घाइतेको उपचारका लागि काठमाडौं पठाइसकिएको छ । घटनामा सम्लग्न नेपालगन्ज ६ का बिहान खान पक्राउ परेको प्रहरीले जनाएको छ ।
स्रोत :कान्तिपुर