|

बन्द राजधानीमा प्रभावहीन, देशभर आंशिक प्रभाव

ताप्लेजुङ, वैशाख ३- राष्ट्रिय जनमुक्ति पार्टीको आह्वानमा भएको बन्दको प्रभाव राजधानीका सडकमा देखिएको छैन। स्कूल तथा कलेज बन्द भए पनि सडकमा निजी र भाडाका सवारी साधनहरु प्रशस्त गुडेका छन्।आइतबारबाट तीन दिनसम्म नेपाल बन्दको आह्वान गरेको राष्ट्रिय जनमुक्ति पार्टीको आन्दोलन संयोजन समितिले माग पूरा नभएसम्म बन्द जारी राख्ने भन्दै पार्टी अध्यक्ष तथा श्रम मन्त्री मालवरसिंह थापालाई मन्त्रीबाट बर्खास्त गरेर देखाउन चुनौति दिएको छ।

जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक केपी पालुङ्वाले जातीयता सहितको पहिचान निमार्ण हुन नदिए आफुहरु थप आन्दोलनमा जाने पनि बताए।"न त राजीनामा दिएर सरकारबाट फिर्ता हुने कुरा हुन्छ, न त आन्दोलन फिर्ता नै"पालुङ्वाले भने"यदि सरिता गिरीलाई झैं मन्त्रीबाट निकालेर सरकार हाँक्छु भन्ने दुस्साहस गरे त्यसको राम्रो परिणाम हुँदैन"।पालुङ्वाले वर्तमान सरकारले संघीयता विरोधीलाई निस्तेज गर्नुको साटो मलजल गरेकोले आफूहरुले सडक, सदन र सरकारबाट संघीयताविरोधीहरुलाई खबरदारी गरिरहेको पनि बताए।मुख्य ठूला दलले पहिचन बेगर आफू अनुकूल संविधान बनाउन खोजेको र सरकारले त्यसलाई मलजल गरेको कारण सरकारबाटै सो कार्यको विरोध भएकोले यसलाई अर्को ढंगबाट बुझ्न नहुने पनि पालुङ्वाको तर्क छ।
स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 7:33 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बन्द राजधानीमा प्रभावहीन, देशभर आंशिक प्रभाव"

Leave a reply