|

साउदी अरबबाट एक किशोरीलाई आफन्तद्वारा उद्दार

इटहरी, चैत २९- साउदी अरबमा रहदा भएको घटना प्रसंग कोटाउँन साथ आफन्तले उद्दार गरी ल्याएकी सुनसरी इटहरी-२ की कमला थापा भूजेल झस्कने गर्छिन। अनि, आतिदै आफन्तलाई घटनाको फेहरिस्त सुनाउँछीन्। तर, घटना सुनाउँने क्रममा कतिपय भने अधुरै राख्छिन्। 


१९ वर्षीया कमलालाई सातादिनसम्म युवाले पिछा गर्दै नराम्रो व्यवहार गरेको आफन्त र प्रहरीलाई सुनाइन। उनलाई साउदी अरबको गुवाई शहरमा अब्दुल रहमान अनाद फुजनको घरमा बस्दा युवाले नराम्रो व्यवहार गरेका हुन्।'तीन जना केटा मान्छेले सात दिनसम्म ट्वाइलेट जादा र किचनमा रहदा दुःख दिन्थे,' उनले भनिन, 'उनीहरुले मलाई नराम्रो व्यवहार गर्थे।' भारतको बाटो हुर्दै साउदी अरब लाने गिरोह मार्फत उनी दुई महिनाअघि त्यहाँ पुगेकी थिइन। उनलाई तीन दिनअघि आफन्तले उद्धार गरी घर फर्काएका हुन। 'जब मलाई गुवाईमा सारियो अनि युवाले नराम्रोसँग दुःख दिए, 'नराम्रो व्यवहार गर्दा घर मालिक-मालिकनीले केही भन्दैन्थे।' युवाले नराम्रो व्यवहार गरेको उनका माइती पक्षलाई टेेलिफोन गरी हारगुहार गरेपछि उद्धार गरी फर्काएका हुन्। 

कमलाका बाबु दानबहादुर थापाले उद्धार गरी फर्काउन झण्डै ६० हजार रुपैयाँ खर्चेको बताए। कमला कक्षा-९ पढ्दापढ्दै इटहरी-५ मा गुणराज भुजेलसँग प्रेम विवाह गरेपछि लोग्नेको अनुमतिमा गएपनि माइती पक्षलाई जानकारी दिएकी थिइन्। 
कमला मोरङ् उर्लाबारीका बुद्ध लिम्बु मार्फत गएकी हुन। उनी माघ-२७ गते घरबाट हिडेकी थिइन। भारतको दिल्ली र मुम्वाईमा केही दिन बसिन्। उनी फागुन-२२ गते साउदी अरबको रियादमा पुगेर केही दिन त्यहीका एक जनाको घरमा साता दिनसम्म काम गरिन्। साता दिनपछि उनलाई गुवाईमा सारिएको थियो।लिम्बुको श्रीमती रन्जना र जेठो छोरा नबीनले भारत केही समय महिलालाई राखेर साउदी अरब, ओमन लगायतका देशमा महिलालाई पठाउँने गरेका छन।

लिम्बुले उर्लाबारी मोरङ्की कुमारी तामाङ र गीता पोखरेललाई पनि लगेको छन। तामाङ्लाई ओमन पठाएका हुन भने पोखरेललाई साउदी अरब नै। उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन। 'भारतमा बस्दा त तीनजना सँगै बसेका थिए, अनि दुई जना कत्ता जानुभो, मलाई त केही पत्तो भएन,' कमलाले सुनाइन्। 

उनका अनुसार सुनसरी-मोरङ्बाट थुप्रै महिला भारतको बाटो हुदै लाने गरिएको छ। गैरकानुनी रुपमा लिम्बुसहितको गिरोहले विदेश पठाउँने गरेपनि प्रहरीकै रोहवरमा कमलालाई जिम्मा लिएका छन। इलाका प्रहरी कार्यालय इटहरीका सई बिनोद श्रेष्ठका अनुसार गैरकानुनी हुदाँहुर्दै कमलाको लोग्नेले अनुमति लिएर गएकै भनेपनि कारबाही गर्न नसकिएको बताए। विदेश पठाउँने गिरोहमा संलग्न लिम्बुले प्रहरीसमक्ष गैरकानुनी रुपमा विदेश पठाउँदै आएको सहजै स्वीकार समेत गरेका थिए। तरपनि प्रहरीले उनलाई उन्मुक्ति दिएको छ। 
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 8:02 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साउदी अरबबाट एक किशोरीलाई आफन्तद्वारा उद्दार"

Leave a reply