दुबईमा नेपाली समाज यूएईद्धारा बाषिर्क कार्यक्रम गरिने
लालबहादुर ढेंगा, दुबई, यूएई
दुबई । सन् १९९० ताका यूएईमा कार्यरत प्रवासी नेपालीहरुलाई आपतविपतमा परेको खण्डमा सहयोग र उद्धार गर्ने हेतुले स्थापना गरिएको नेपाली समाज यूएईले २१ औं बसन्त पार गर्दै अहिले २२ औं बसन्तमा पाइला टेक्दै छ । यूएईस्थित कार्यरत लगभग २ लाख २० हजार नेपालीहरु र ८०-८५ वटा नेपाली संघ संस्थाहरुको नेत्रृत्व गरिरहेको नेपाली समाज यूएईका नयां कार्यसमितिको एक बर्षकार्यकाल पूरा गरेको उपलक्ष्यमा बाषिर्क कार्यक्रम गर्न लागेको हो ।
उक्त बाषिर्क कार्यक्रम आगामी ६ अप्रिल २०१२ का दिन दुबईको एभरेष्ट होटलमा हुने भएको छ । जसमा एक बर्षम्म समाजले गरेको लेखाजोखा र कार्यविवरणको समिक्षा पनि गरिने भएको छ । यूएईको इतिहासमा दुःख र आपतविपतमा परेका नेपालीहरुलाई समाजले गरेको उद्धार र सहयोगको लामो सूची रहेको छ भने महिला कामदारहरुको भित्रिने क्रममा बृद्धि भएको र त्यही अनुपातमा समस्याहरु पनि चुनौतीको रुपमा आएको अध्यक्ष कृष्ण ढकाल बताउनु हुन्छ ।
नेपाली समाज यूएईका आजीवन सदस्यहरु र पार्ष सदस्यहरुको मुख्य आकर्ष रहने छ बाषिर्क कार्यक्रममा । एउटा माउं संस्थाको रुपमा रहेको हुनाले सम्पर्ूण्ा संघ संस्थाहरु, आजीवन सदस्य, पार्ष सदस्य, बुद्धिजीवी, समाजसेवी, पत्रकार र शुभचिन्तकहरुलाई सो अवसरमा उपस्थित हुनको लागि आग्रह समेत गरेको छ ।
विगतदेखि विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजका महासचिव प्रकाश कोइरालाले जानकारी दिनु भयो । दिनको १ बजेदेखि संचालन गरिने कार्यक्रममा सम्पर्ूण्ा दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै समाचारलाई आधार मानेर उपस्थित हुन अनुरोध गरेको छ ।