प्रवासी थारु समाज जनजाती महासंघमा आबद्ध
गीता मणि पाण्डे यु ए ई
जनजाती महासंघ यु ए ई ले प्रवासी थारु समाज लाई आबद्ध गराएको छ जसमा प्रतिनिधित्वको रुपमा सप्तरीका राम भुबन चौधरी , नवलपरासीका रुपेश चौधेरी लाई पठाएको छ / थारु समाज नेपालको जनजाती महासंघ को रुपमा रहेको एक प्रमुख जाति पनि हो /
प्रवासी थारु समाजले नेपाल बाट कामको सिलसिलामा यु ए ई आई काम गरिरहेका सम्पूर्ण थारु हरु लाई गोल बन्द हुने गरि एउटा भेलामा नेत्र नारायण थनेत को अध्यक्षतामा गठन भएको थियो जसले ३ महिना भित्र मा अधिबेसन गर्ने निर्णय सहित कार्य सम्पन्न गर्दै आएको छ जस अनुसार बिधान मसौदा समिति गठन गरेको थियो / संयोजक नेत्र नारायण थनेत ,सदस्य रुपेश चौधेरी , घनश्याम चौधेरी लगाएतको समितिले कोषको स्थापना जस्ता कुराहरुमा जोड दिदै नया बिधान तयार गरेको थियो तेस बिधान लाई सर्ब समितिले पास गरेको थियो /
उक्तप्रवासी थारु समाज को सभापतित्व नेत्र नारायण थनेत ले गरेका थिए भने कार्यक्रमको संचालन रुपेश चौधेरी ले गरेका थिए भने उक्त कुरा को जानकारी घनश्याम चौधेरी ले गराएका थिए