दुवईमा करेन्ट लागेर एक नेपाली कामदार शख्त घाइते
यूएई, चैत्र ४ - डडेलधुराका देव बहादुर दुवईको रसिद अस्पतालमा मृत्युसाग संघर्ष गर्दै छन् । विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा हुन खोजिरहेको दुवईको एयरपोर्ट ट्रमिनल ३ मा फेब्रवरी महिनाको २३ तारिख डिउटी गरिरहेका देव बहादुर पावर प्रसारण गर्ने आर एम यू रिङ मेन यूनिट मिटर चेक गर्दैगर्दा करेन्ट लागेको हो । उनी त्यही समय बेहोस भए । अहिले उनी अस्पतालमा मृत्युसाग लड्दै छन् । उक्त दुर्घटनामा उनीसहित अन्य भारतीय नागरिक ४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
नेपालको सुदुरपश्चिमको जिल्ला डडेल्धुराका देव बहादुर ३ वर्ष अघि यहाा आएका हुन् घर परिवारको एक्लो छोरो देवबहादुरका बुबा ६ वर्षअघिदेखि बेपत्ता छन् ।
उनी कार्यरत रहेको कम्पनीमा बुझ्दा उनले पाउने तलब श्रीमतीको नाम र आमाको नाममा पठाएको उनकै सहकर्मी डडेल्धुराकै नर बहादुरले बताए । प्रत्येक साता अस्पतालमा गइनै रहन्छु, डाक्टरसाग उनको बारेमा सोधिहरन्छु रुन्चे स्वरमा उनले सुनाए । गत साता देव बहादुरले आाखा खोलेको तर अहिलेसम्म पनि होसमा आइनसकेको हुनाले यसै भन्न नसकिने डक्टरले बताएको नरबहादुरले बताए ।
स्रोत :कान्तिपुर
Posted by Butwalonline
on 7:53 PM. Filed under
News,
Prabasi News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response