उपचारका लागि आएका बिरामीको मृत्युभएपछि नर्सिङ होममा तनाव
बुटवल, चैत ५ - उपचारका लागि आएका बिरामीको मृत्यु भएको विषयलाई
लिएर शनिबार बुटवलस्थित लुम्बिनी नर्सिङ होम क्षेत्र तनावग्रस्त बन्यो।
मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण हर्नियाको उपचार गर्न आएका बिरामीको मृत्यु भएको दावी गर्दै उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै बिहानैदेखि नाराबाजी गर्न थालेपछि सो क्षेत्रमा अपरान्ह ४ बजेसम्म तनाव ग्रस्त भएको थियो।
रुपन्देहीको देवदह ९, का ३४ वर्षीय केमबहादुर काम्बु मगरको हर्नियाको अप्रेसन गर्नु पूर्व बेहोस बनाउन लगाइएको इन्जेक्सनका कारण मृत्यु भएको विषयलाई लिएर तनाव भएको हो। शुक्रबार अपरान्ह ४ बजे इन्जेक्सन लगाएको चार घण्टासम्म पनि विरामीको होस् नखुलेपछि बिरामीलाई नर्सिङ होमले आफै भरतपुर मेडिकल कलेजमा लगेको थियो।
मृतककी श्रीमती सुनिता काम्बु मगरले आफ्ना श्रीमानको नर्सिङ होममै मृत्यु भएको र दोषबाट पन्छिन आफूलाई गुमराहमा राखेर भरतपुर लगिएको दावी गरिन। ‘उहांको यहीं (बुटवल) मै सास गएको रहेछ,हाम्लाई झुक्काएर उता लगिएको रहेछ, हामी जस्ता नपढेका सोझा मान्छेलाई के थाहा'- सुनिताले रुदै भनिन्। चिकित्सकले बिरामीको अवस्था नै नहेरी शल्यक्रियाको लागि इन्जेक्सन लगाउदा विरामीको ज्यान गएको मृतकका आफन्तले दावी गरेका छन्। कामु मगर शुक्रबार बिहान८ बजे उपचारका लागि रोग देखाउन नर्सिङ होममा गएका थिए। उनलाई उसै दिन २ बजे अप्रेसनका लागि बोलाइएको थियो। दिउसो घर पुगेर अप्रेशनका लागि श्रीमतीलाई समेत लिएर उनी अस्पताल आएका थिए। मगरको उपचारमा डा. नागेन्द्र ज्ञवाली र लक्ष्मी पाठक संलग्न रहेको नर्सिङ होमले जनाएको छ।
आक्रोशित बिरामीका आफन्तले शनिबार नर्सिङ होममा तोडफोडको प्रयास गर्र्नुका साथै केही समय सिद्धार्थ राजमार्ग पनि अवरुद्ध पारे। तनाव साम्य पार्न भन्दै प्रहरीले मृतकका आफन्त मध्येका सात जनालाई पक्राउ गरेपछि तनाव झन् बढेको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भयो भने प्रहरीले लाठी चार्ज र ६ राउण्ड अश्रु ग्यासको हवाई फायर गर्यो। प्रदर्शनकारीले नर्सिङ होममा तोडफोडको प्रयास समेत गरे।
विवाद समाधान गर्न दुबै पक्षबीच भएको वार्तामा नर्सिङ होमले पीडित परिवारलाई ५ लाख रुपैयां क्षतिपुर्ति वापत दिने र लुम्बिनी अञ्चल अस्पतालका मेसु डा. रमेशमान सिंहको संयोजकत्वमा पांच सदस्यीय घटना छानविन समिति गठन गर्ने सहमति भएको छ। समितिमा जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासनका एक एक जना प्रतिनिधि तथा पीडित पक्षबाट कृष्णबहादुर क्षेत्री र हस्तबहादुर थापा रहेका छन्। उक्त समितिको प्रतिवेदनका आधारमा उपचारमा संलग्न चिकित्सक दोषी देखिएमा कारबाही गरिने सहमति भएको छ।
सहमतिपछि नर्सिङ होम क्षेत्रको अवस्था सामान्य बनेको इलाका प्रहरी कार्यालय बुटवलका इस्पेक्टर रामेश्वर कार्कीले नागरिकलाई बताए।
स्रोत :नागरिक