अभ्यासका क्रममा हेलिकोप्टरको पखेटामा ठोक्किएर ४ घाइते
काठमाडौं
१५ चैत-तालिमका क्रममा नेपाली सेनाको हेलिकोप्टरबाट खस्दै गरेका ४ जना पार्किङ गरेर राखेको श्री एयरलाइन्सको एमआई-१७ हेलिकोप्टर ठोक्किएर घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि सैनिक अस्पताल भर्ना गरिएको छ । ’तालिम अभ्यासका क्रममा हाम्रो सानो हेलिकोप्टरबाट डोरीबाट तल झर्दै गरेकाहरु श्री एयरलाइन्सको हेलिकोप्टरको पखेटामा ठोक्नि पुगे’ सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले अनलाइनखबरसँग भन्नुभयो-’उनीहरु खतरा मुक्त छन् ।’
श्री एयरलाइन्सको हेलिकोप्टरको पखेटामा सामान्य क्षति पुगेको छ । सेनाका जवानहरु एन्टी एयरक्राफ्ट हाइज्याकिङ तालिमका क्रममा अभ्यास गरिरहेका थिए ।
ओनलाइनखबर