पाल्पा जिविसको बजेट २ अर्ब ६५ करोड
मुक्तिप्रसाद न्यौपाने,चैत्र ३, पाल्पा।जिल्ला विकास समितिको २० औं परिषद्ले आगामि आर्थिक वर्ष २०६९ कालागि दुई अर्ब पैसठ्ठी करोड सत्र लाख बराबरको वार्षिक बजेट स्वीकृत गरेको छ ।
पारित बजेटमा चालु तर्फ ८ प्रतिशत, पुाजिगतमा ४०.३ प्रतिशत र कार्यक्रममा ५१.७ प्रतिशत बजेट विनियोजन गरिएको थियो । हाल विनियोजन गरिएको बजेट जिल्लामा चालु आर्थिक वर्षमा भन्दा ६८ करोड रकम बढि हो । प्रस्तावित बजेटमा १३ करोड गैरसरकारी संघसंसथाहरुको बजेट रहेको छ भने अन्यमा स्थानीय निकायका र विषयगत कार्यालयहरुको रहेको छ ।
बजेट प्रस्तुत गर्दै स्थानिय विकास अधिकारी कृष्ण प्रसाद अर्यालले लगानीमा साझेदारी विकासमा जिम्मेवारी, विकासमा महिला, पारदर्शिता र ईमान्दारिता जस्ता कुराहरु समेटिएकको अभियानलाई बताए ।
चालु आर्थिक वर्षको बजेटदले नसेटिएका सडक नपुगेका गाविसहरुमा सडक पुर्याउने लक्ष्यका साथ प्रस्तावित बजेटमा सडकको विस्तार तथा मर्मतमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ । बहादुरपुर, फोक्सिङकोट, कोलडााडा गाविसमा सडक पुर्याउनकालागि एक गाविसकालागि करिब ८ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।
Posted by Butwalonline
on 1:47 AM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response