|

अर्गानिक खाजा घर लोकप्रिय,हेमन्त शर्मा र अन्य कलाकारको प्रस्तुति

प्रेमकान्छा मगर,तानसेन;पाल्पा। फागुन ७, गत फागनु ५ गते बाट शुरु भएको पश्चिमाञ्चल औद्योगिक ब्यापार मेला कृषि प्रर्दशनी तथा पर्यटन महोत्सवमा अर्गानिक खाजा घरले छुट्टै रौनकता थपेको छ । गाउाले परिवेस झल्काउने स्टलहरुले दर्शक तानेको छ । अर्गानिक खाजा घर नाम दिइएको स्टल महोत्सवमा नमूना बनेको दर्शकहरुको प्रतिकृया छ । टुडिखेलमा कुडुले घर बनाएर गाउाघरकै शैलीमा खानाका परिकार पस्कने र गाउाघरे सामाग्री प्रदर्शन गर्ने गरिएको छ । परम्परागत पहिरनमा सजिएका भान्से र ग्राहक स्वागतार्थ खटिएका सेवकहरुको हार्दिकतापूर्ण आतिथ्यताले त्यहाा पुग्ने सबैलाई प्रशन्न तुल्याएको देखिन्थ्यो । महोत्सव स्थलमा बेग्लै झकिझकाउ साथ मौलिक सामाग्रीहरुको प्रयोगले तैयार पारिएको खाजा घर महोत्सवको मुख्य आकर्षण बनेको छ । खाजाघरका व्यवस्थापक मुक्तिराम जिसीले दर्शकको उल्लेख्य उपस्थिति रहेको बताए । गाउाघरमा मौलिक रुपमा खाईने परिकारमा आगन्तुकको रुची बढि देखिएको उनले बताए । खरको छाना, बाास र काठ दाउरा प्रयोग गरेर बनाइएका छाप्राहरु सुन्दर देखिन्छन् । महोत्सवमा २७५ वटा स्टल रहेको छ भने महोत्सवको दोस्रो दिन ११ हजार ८ सय टिकट बिक्री भएको टिकट व्यवस्थापन संयोजक कृष्णमान बज्राचार्यले बताए । दर्शकको भीड बढेपछि टिकट बिक्री केन्द्रलाई थप व्यवस्थित पारिएको बज्राचार्यले बताए । महोत्सवमा पाल्पाली ढाका र हस्तकलाका स्टलहरुमा सहभागीको बाक्लो उपस्थिति देखिएको छ । पाल्पा र छिमेकी जिल्लाहरुबाट समेत मौलिक उत्पादन र हस्तकलाका सामाग्री प्रदर्शनी र बिक्रीका लागि राखिएको उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष राजु महर्जनले बताए । नेपाली सांगितिक फााटमा सदावहार चर्चामा रहेका हेमन्त शर्माले महोत्सवका दर्शकलाई आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन् । रामजी खााड, नविन पौडेल, रिता थापाले पनि गीत प्रस्तुत छ । हास्य व्यंग्यमा ख्याति कमाएका किरण केसी र शिवहरी पौडेलको प्रस्तुति रहने बताइएको छ ।

Posted by Butwalonline on 6:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अर्गानिक खाजा घर लोकप्रिय,हेमन्त शर्मा र अन्य कलाकारको प्रस्तुति"

Leave a reply