|

कामै नगरी सडक मर्मतको २५ लाख रकम सकियो

कृष्ण आचार्य,दैलेख,फागुन ७।जिल्लामा सडक निर्माणको महत्वपुर्ण जिम्मेवारी पाएको ग्रामिण पहुाच पहिलो चरणको सडक निर्माण कार्य पश्चात मर्मतको लागि जिल्ला बिकास समिति दैलेखबाट गतबर्ष निकाशा गरिएको सडक मर्मतको २५ लाख रकम कामै नगरेर सकिएको छ । ग्रामिण पहुाच पहिलो चरणको कार्यक्रम सम्पन्न भएपश्चात सडक हस्तान्तरण गर्दा गठन गरिएको मर्मत समिति अन्र्तगत देशीगाडे महावु सडक खण्डमा १३ लाख, रामाघाट सिंहासैन सडकमा ६लाख ५० हजार र चुप्रा मेहेलतोली सडकमा ६ लाख ५० हजार रकम जिल्ला विकास समितिबाट छुट्टाईएको तर मर्मत संहार नभएरै कागजमै सिमित भएको हो ।निर्माणको महत्वपुर्ण जिम्मेवारी पाएको जिल्ला विकास समिति र काम भए नभएको हेर्ने प्राविधिक कार्यालयको बदमासीका कारण सडक मर्मतको पैसा दुरुपायोग भएको नेकपा एमालेका अध्यक्ष अमर बहादुर थापाको आरोप छ ।स्थानीय स्तरमा गठन भएको मर्मत समितिको लापरवाही र मर्मत स्थलमा नपुगेरै प्राविधिकहरुले कमिशनका आधारमा कागजमा भुत्तानी दिएपछि अहिले जिल्लाका नेतृत्व तहका मानिसहरुले रकम दुरुपयोग भयो भन्दै चर्को विरोध गरेका छन् । तीनवटै सडकमा मर्मत नभएपछि जिल्लामा संचालन हुने यातायातका साधनहरुलाई आवतजावत गर्न निकै कठिनाई उत्पन्न हुने गरेको यातायात व्यवसायीको गुनासो छ । जिल्लामा भएका अधिकाास विकासे गतिविधिहरुमा प्राविधिकले सिधै दश प्रतिशत रकम माग गरेको गाउाका स्थानीयहरुले आफुसाग गुनासो गरेको र सो रोक्नको लागि स्थानीय विकास अधिकारी र जिल्ला ईन्जिनीयरलाई बारम्बार जानकारी गराउादा समेत वास्था नगरेको अमर थापाले बताए । गत बर्षको २५ लाख रकम कामै नभएर कागजमा मर्मत भयो यो बर्ष छुट्टाईएको २७ लाखको पनि त्यही ताल होला जस्तो छ जिल्ला विकास समिति दैलेखमा एक कर्मचारीले नाम नबताउने सर्तमा भने ।जिल्ला बिकास समिति दैलेखका ईन्जिनियर रविन्द्र शर्माले गत बर्ष काम राम्रो नभएकोले जनगुनासो धेरै आएको स्वीकार्दै यो बर्षको मर्मतको रकम ठोस काममा लगाउने तर्क राखेका छन् । ग्रामिण पहुाच दोस्रो चरणका जिल्ला टीम लिडर दसरथ मोक्तानले सडक निर्माणको पैसा आफुहरुबाटै संचालन भएको तर मर्मत बारे आफुहरुलाई कुनै पनि जानकारी नभएको बताएका छन् । ग्रामिण पहुाच कार्यक्रम अन्र्तगत जिल्लाका तीनवटा सडकहरुमा करिव ५० किलोमिटर सडक निर्माण कार्य विगत तीन बर्षदेखी सुरु गरिरहेको भएपनि त्यसको कार्य सम्पन्न आझै हुन सकेको छैन् ।

Posted by Butwalonline on 6:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कामै नगरी सडक मर्मतको २५ लाख रकम सकियो"

Leave a reply