|

प्लमस्टिडमा ३० औ मगर दिवस सम्पन्न



लण्डन । बेलायतस्थित अग्रज मगरहरुले नेपालमा जातजातीहरुको उचित समानता नभएकोले देशको अवस्था ब्रि्रंदै गएको बताएका छन । अन्य जातजातीको तुलनामा मगर जाती राजनीतिक प्रवाहबाट टाढा रहेको समेत उनीहरुले गुनासो गरे । शैक्षिक तथा आर्थिक रुपमा मगर जातीहरु अघि रहेपनि राजनीतिक मुल धारबाट टाढा रहेको उनीहरुको जिकीर थियो । जनसंख्याको आधारमा तेश्रो स्थानमा रहेका मगरहरु राज्य सत्तामा भने धेरै तल रहेको समेत उनीहरुले बताए ।
तिसौं मगर दिवसका अवसरमा मगर संघ प्लमस्टिडले शनिबार प्लमस्टिडमा आयोजना गरेको कार्यक्रमको उद्घाटन मगर संघ युकेका अध्यक्ष मे रि कुल बहादुर थापा र प्लमस्टिडका अध्यक्ष दल बहादुर थापाले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा मगर संघ युकेका अध्यक्ष कुल बहादुर थापा, संस्थापक अध्यक्ष थर्क राना, कास्की मगर संघका अध्यक्ष कृष्ण बहादुर थापा, प्लस्टिड मगर संघकी उपाध्यक्ष देवी आले, तथा सदस्य किशोर पुनले मन्तव्य दिएका थिए ।
दल बहादुर थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सहचागिहरुले राती निकै अबेर सम्म सांस्कृतिक मनोरञ्जन लिएका थिए । सांस्कृतिक कार्यक्रममा स्थानीय युवा कलाकारहरुको उत्साहजनक सहभागिता जनाए । सो अवसरमा विभिन्न नाच, कविता, तथा गितहरु समेटिएको थियो ।
प्लमस्टिड शाखाको पांचौं वाषिर्क उत्सव तथा ३० औं मगर दिवसका अवसरमा नेपाली टिभिका सि इ ओ मोहन गुरुङ, क्याप्टेन हरी बहादुर थापा, ग्रिनविच गोर्खा भुतपर्ुव सैनिक संघका अध्यक्ष मेजर मन बहादुर गुरुङ श्रेष्ठ, ग्रिनविच फोरम युकेका उपाध्यक्ष विसन थापा, मगरसंघ रेडिङका अध्यक्ष पहलसिंह थापा, सल्लाहकार भरत थापा, लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अघिल्लो सत्र सचिव भिम रानाले सञ्चालन गरेका थिए ।

Posted by Anonymous on 6:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्लमस्टिडमा ३० औ मगर दिवस सम्पन्न"

Leave a reply