|

कियाचु कतारको दशौं स्थापना दिवश वनभोज कार्यक्रमका साथ मनाउने



दिल किरण खजुम
दोहा, कतार

१० फेब्रवरी २०१२ का दिन किरात याक्थुङ चुम्लुङ कतारको र्छइटौं पर्ुण्ा बैठक संस्थाका अध्यक्ष श्री लोकेन्द्र कुमार तुम्रोकको अध्यक्षतामा दोहाको मन्ताजा पार्कमा बसेको थियो । उक्त बैठकले आगामी २२ मार्च २०१२ मा कि.या.चु. कतारको दशौं बर्षगाठ पुरा भएको शुभ अवसरमा ६ अप्रिल, २०१२ शुक्रबारका दिन समाल मजरामा वनभोज -ताम्भुङचा) कार्यक्रम सहित संस्थाको दशौं स्थापना दिवस भव्यताका साथ मनाउँने निर्ण्र्ाागरेको कुरा कियाचु कतारका अध्यक्ष लोकेन्द्र कुमार तुम्रोकले जानकारी गराउँनु भयो । सो अवसरमा बिभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथ वनभोज -ताम्भुङचा) कार्यक्रमको आयोजना गरी दशौं स्थापना दिवश भब्यरुपले मनाउँनको लागि अध्यक्ष श्री लोकेन्द्र कुमार तुम्रोकको संयोजकत्वमा ३५ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । उक्त कार्यक्रममा एक आपसमा परिचय आदन प्रदान गरिने कार्यक्रम समेत रहेकोले संस्थाको सदस्यता वितरण र कतारमा रहेका आम याक्थुङवाहरुको वीचमा पुग्न थप मद्धत पुग्ने कुरामा आफु विश्वासत रहेको कुरा संस्थाका अध्यक्ष तुम्रोकले वताउँनु भयो । स्मरण रहोस कियाचु कतारले प्रवासमा पहिलो पटक वनभोज -ताम्भुङचा) कार्यक्रमको आयोजना गर्न लागेको हो ।






Posted by Anonymous on 6:47 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कियाचु कतारको दशौं स्थापना दिवश वनभोज कार्यक्रमका साथ मनाउने"

Leave a reply