|

पाल्पाको तानसेनमा पश्चिमाञचल औद्योेगिक व्यापार मेला,



प्रेमकान्छा मगर
तानसेन, पाल्पा
पाल्पा, फागुन ५­ राष्ट्रपति डा. रामवरण यादवले आफू देशको अखण्डता कायम राख्ने फाइनल परीक्षामा रहेको बताएका छन् । उनले राष्ट्रध्यक्षका हैसियतले राष्ट्रिय स्वाधीनता बचाइराख्ने आफनो दायित्व भएको बताए ।
'मेरो त फाइनल परीक्षा जस्तो छ,' शुव|mबार तानसेनमा पश्चिमाञचल औद्योेगिक व्यापार मेला, कृषि पर््रदर्शनी एवं पर्यटन महोत्सव २०६८ को उदघाटन गर्दै राष्ट्रपतिले भने­ यो राष्ट्रको अखण्डता, एकतालाई बरकरार राख्न सक्छु वा सक्दिन -' उनले बडो भावुक हुँदै भने­ उपलब्धिलाई संस्थागत गर्दै देशको कोअर्डिनेशन गर्दै इतिहासको हरफमा केही योगदान गरेको लेखाउने मेरो चाहना छ ।'
उनले थपे­ यो राष्ट्रध्यक्ष भएथ्यो, यसले राष्ट्रको अखण्डता स्वाधीनतालाई बचाएराख्यो, बिगारेन, बनायो भन्ने इतिहास रहोस् भन्ने मेरो चाहना छ, मलाई आशर्ीवाद दिनूस्'
तानसेनमा  फागुन ५ देखि पश्चिमाञ्चल क्षेत्र स्तरीय महोत्सव सुरू भएको छ । राष्ट्रपति डा. रामवरणा यादवले दीयो बालेर महोत्सवको उद्घाटन गरेका हुन् । राष्ट्रपति हेलिकप्टरबाट तानसेन आएका हुन् । महोत्सव १३ गतेसम्म चल्नेछ ।
महोत्सव उद्घाटनमा पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष मधुदयाल सैंजु, निवर्तमान अध्यक्ष एवं नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य भुषण राजलवट, संघका महासचिव भीमसेन कार्की लगायत संघका पदाधिकारी र जिल्लाका सरकारी कार्यालयका प्रमुखले अतिथिको स्वागत गरेका थिए ।
मेलामा लोकदोहोरी प्रतियोगिता, बाल प्रतिभा प्रतियोगिता बाल उद्यान, खानाका परिकार, राष्ट्रिय स्तरका विभिन्न विधाका कलाकारहरुको प्रस्तुती रहनेछ ।

Posted by Anonymous on 4:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पाको तानसेनमा पश्चिमाञचल औद्योेगिक व्यापार मेला,"

Leave a reply