प्लाष्टिक गि्रनेट विष्फोट हुँदा एकजनाको मृत्यु
पोखरा ११ माघ। पोखराको सभागृहमा रहेको किष्टल लाईट हाउसको गोदाममा प्लाष्टिक गि्रनेट पड्कदा एक जनाको मृत्यु भएको छ । माधव बस्यालको घरमा रहेको गोदाममा बुधबार दिउँसो विस्पोटबाट स्याङ्गजा ओरस्टे ४ घर भएका राम बास्तोला भनिने सन्तुराम विकको मृत्यु भएको छ ।
विस्पोट पछि घाइते भएका उनको पोखराको चरक अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । घटना पछि नेपाली सेना र नेपाल प्रहरीको कुकुर सहितको टोलीले घटना स्थलमा पुगी अनुसन्धान गरेको थियो ।
प्रारम्भीक अन्नुसन्धानबाट प्लाष्टिक गि्रनेट भएको कास्कीका प्रहरी प्रमुख यादव राज खनालले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइहेको भन्दै खनालले थप अनुसन्धानका लागि संकलित सामाग्री काठमाडौं पठाएको बताउनु भयो।
स्रोत :ओनलाइन खबर