|

सुधारिएको चुलोले महिलाको जीवन परिवर्तन

ओहो धुँवा बाहिर आगो भित्रः सुधारिएको चुलोमा मकै भुट्दै पाल्पाकि
 एक महिला । तस्वीरः नविना देवकोटा÷बुटवल अनलाइन
नविना देवकोटा,माघ ११, पाल्पा-परम्परागत धुवाँ बढि आउने दाउरा बढी लाग्ने चुलोबाट निस्कने धुवाँका कारण रोगी बनेका ग्रामिण क्षेत्रका गृहणीहरुको स्वास्थ्यमा निकै सुधार आएकोले जीवननै परिवर्तन भएको महशुस गर्न थालेकाछन् ।
जैविक उर्जा सहयोग कार्याक्रम अन्र्तगत ग्रामिण विकास आर्थिक संघद्धारा सन् २००६ देखि धुवाँ रहितको चुलो प्रयोग गरौ स्वस्थ बनौ भन्ने अभियानका साथ नयाँ प्रविधिको चुलो प्रयोग गराउन लागेपछि उनिहरुको स्वास्थ्यमा परिवर्तन आएको हो ।

धुँवा रहित स्वास्थ्यमा समेत कुनै असर नपुराउने आधुनिक चुलोको प्रयोगका कारण महिलाहरुले दाउरा खोज्न जंगल जाने झन्झटबाट मुक्त भएको र बालवालिकालाई पठन पाठनमा पनि सहज भएको प्रायोगकर्ताहरु बताउछन् । कम दाउरा लाग्ने, खाना छिटो पाक्ने, भाँडा कालो नहुने समयको बचत हुने स्वास्थ्य राम्रो हुने चुलो ग्रामिण भेगका महिला तथा गृहणीहरुको लागि बरदानै सावित भएको ज्यामिरेकी गृआणी टिकिसरा सोमै बताउँछिन् ।

पाल्पा जिल्लामा टिकसिरा जस्ता ८ हजार महिलाहरुले आफ्नो भन्सामा आधुनिक चुलो जडान गरेका छन् । ग्रामिण आर्थिक विकास संघका फिल्ड संयोजक कृष्ण कुँवरका अनुसार स्थानीय स्रोत र साधनको प्रयोग गरि अत्यान्त कम लागनीकमा तयार हुने चुलो ५ बर्ष सम्म लगातार प्रयोग गर्न सकिने र जिल्लाका ४० भन्दा बढि गाविसहरुमा आधुनिक एवं सुधारिएको चुलो जडान भैसकोको बताए । पाल्पाको सहलकोट गाविसलाई धु्वाँ रहित गाविस भनेर घोषण पनि गरि सकिएको छ ।

खाना पकाउन इन्धनको रुपमा प्रयोग हुने दाउराको समस्या बढदै जाँदा अत्यन्त कम दाउराबाट छोटो समयमा खाना छिटो पाक्ने भान्सा व्इवस्थापन राम्रो हुने सुधारिएको चुलो निमार्ण गर्नै प्रविधिका विषयमा समेत ४५ जना महिलाहरुले तालिम लिएर स्वरोजगारको वातावरण सृजना मात्र गरेका छैनन् यसलाई आम्दानीको मुख्य स्रोतका रुपमा लिन लागेपछि मनग्य आम्दानी गर्न लागेका हुन् । फेक गाविसकी सुमित्रा नेपालले चुलो बनाएर मात्र बार्षिक रुपमा ५ लाख रुपैया आम्दानी गर्ने बताउँछिन् । घर व्यवाहार मात्र होइन त्यसै बाट बचत गरेको रुपैयाले घर घडेरी जोड्न समेत सफल भएको उनले बताइन् । 

सुमित्रा नेपाल जस्ता जिल्लाका एक दर्जन भन्दा बढि महिलाहरुले चुलो जडान गरे बापत ३ देखि ५ सय रुपैया पारिश्रमिक लिने र संघले प्रति चुलो १ सय रुपैयाँ थप गरिदिदा उनिहरुको आम्दानीमा वृद्धि भएको हो । धुँवा रहित चुलो जडान कार्यलाई जिविस र गाविसले समेत सहयोग पुर्याउन लागेपछि प्राविधिक महिलाहरुका लागि थप प्रेरणा र हौसला मिलेको चिर्तुङ्गधाराकी जयन्ती घर्ती बताउँछिन् ।

रेडाका निर्देशक लिलाबहादुर कार्की भन्छन् सुधारिएको चुलो यति खेर पहाडी क्षेत्रमा मात्र होइन् तराई क्षेत्रका रुपन्देही, कपिलवस्तु र नवलपरासीमा समेत लोकप्र्रियता संगसंगै माग पनि बढ्दै गएको छ । स्वास्थ्य र वातावरणमा संन्तुलन राख्न सफल भएकाले यो प्रविधिको चुलो गृहणीका लागि मात्र नभई होटल, रेष्टुरेन्ट र ठूला पाटी प्यालेस, प्रहरी सेनाको व्यारेकमा समेत लोकप्रिय भएको छ ।

सुधारिएको चुलोका कारण पाल्पा स्याङजा, गुल्मी, अर्धाखाँची, जिल्लाका ३ दर्जन भन्दा बढि महिला गृहणीका लागि आम्दानीको प्रमुख माध्ययम बनेको छ ।

Posted by Journalist Mukti on 12:30 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुधारिएको चुलोले महिलाको जीवन परिवर्तन"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु